Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

हुनुपर्थ्यो  (गजल) -जेराणा

हुनुपर्थ्यो  (गजल) -जेराणा

सतीश चापागाईं

२२, भाद्र २०७५
images
  सुख दिने पो जीवन हुनुपर्थ्यो संसारमा दु:खै पाउन त किन मानव हुनुपर्थ्यो तनावको जिन्दगी छ जताततै प्रतिष्पर्धा धनै कमाउन त किन दानव हुनुपर्थ्यो डर भय इज्जत संस्कार खै त शिष्टता देखाउनलाई त किन पाण्डव हुनुपर्थ्यो धरहरा उठेन, न भरियो रानी पोखरी नसकिने नाच्न त किन ताण्डव हुनुपर्थ्यो पहिला रेल कि मेलम्चीको पानी भनेरै मात्र हुन् त महामानव हुनुपर्थ्यो

images
प्रकाशित मिति :भाद्र २२, २०७५ शुक्रवार - १४:२४:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend