Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

बर्ष दिनको दशैं तिहार आयो हेरन आगनमा (गजल)-जेराणा

बर्ष दिनको दशैं तिहार आयो हेरन आगनमा (गजल)-जेराणा

सतीश चापागाईं

१८, कार्तिक २०७५
images
बर्ष दिनको दशैं तिहार आयो हेरन आगनमा दु:ख लुकाई खुसि साट्नै पर्ने हेरन आगनमा साइँला माइला जेठी कान्छी गाउँमा आउँदा मखमली सयपत्री मुस्काउँदै छन् आगनमा विदेशको हिउँ, घाम, पानी उतै थाती राखी देश विदेशबाट फर्की लाहुरे आछन आगनमा सरसफाई लिपपोत छ सेल रोटा पाकि रा'छ देउसी भैलो गाउँदै आशिक मागन आगनमा केटा केटी दक्षिणा, मिठाई, नयाँ लुगा भन्दैछन साथी भाई कौडा तासको खालमा छन् आगनमा म्ह:पूजा, भाईटिका, दीपावली र छठको रमझम बा आमा र नातागोता दंग परिरा'छन् आगनमा दु:ख भित्र खुसि साट्दै पसिना बेच्न जानु छ फेरि बर्ष दिनलाई खर्च पानी छोडिकन आगनमा बर्ष दिनको दशैं तिहार आयो हेरन आगनमा दु:ख लुकाई खुसि साट्नै पर्ने हेरन आगनमा सिकागो, अमेरिका १०.२९.२०१८

images
प्रकाशित मिति :कार्तिक १८, २०७५ आइतवार - १६:३२:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend