Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

अनेसासको ट्रष्टीमा रसाकस्सी, कार्कीले सुबेदीलाई छोड्न सक्ने

अनेसासको ट्रष्टीमा रसाकस्सी, कार्कीले सुबेदीलाई छोड्न सक्ने

सतीश चापागाईं

२१, कार्तिक २०७५
images
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)अमेरिकाको केन्द्रिय समितिको निर्वाचन सकिए लगत्तै बोर्ड अफ ट्रष्टीको लागि को उठ्ने भनेर छलफल शुरु भएको छ । अहिले बोर्ड अफ ट्रष्टीको अध्यक्षमा ३ जनाको नाम चर्चामा आएको छ । जसमा श्याम कार्की, गीता खत्री र पुरुषोतम सुबेदी रहेका छन् । उनीहरु मध्ये कार्की अहिले पनि अध्यक्ष छन् र दोस्रो कार्यकालका लागि ईच्छा प्रकट गरेका छन् । त्यस्तै, गीता खत्री अहिले उपाध्यक्ष छन् । सुबेदी अघिल्लो पटक श्याम कार्कीसंग प्रतिस्पर्धा गरेका र पराजित भएका थिए । संस्थाको बिधानमा दुई कार्यकाल उठ्न पाउने नियम रहेकोले आफु फेरी उठ्न खोजेको श्याम कार्कीले नेप्लिज डायस्पोरालाई बताए । तिनजनाको चर्चा भईरहेको बेला मिलेर जाने सम्भावना के छ भनेर डायस्पोराले राखेको प्रश्नमा कार्कीले त्यो सम्भावना रहेको बताए । उनले भने, "म संगै लडेर पराजित भएको र पहिला पनि धेरै काम गरेकोले पुरुषोत्तम सुबेदीलाई छोड्न म तयार छु ।" उनले भने तर एक पटक मलाई नै दिनु पर्ने हो किनकि मैले राम्रो काम गरेको छु ।" गीता जी ले छाडेमा म पनि छाड्छु नत्र म पनि चुनावमा जान्छु श्याम कार्कीले भने । समाजको चुनाब यहि डिसेम्बरको पहिलो हप्ता हुने बुझिएको छ । संस्थाको उपाध्यक्ष पदमा र बलराम थापाको नाम चर्चामा आएको छ । पदम विश्वकर्मा भर्खर सकिएको कार्यसमितिको अध्यक्ष हुन् । उनले अध्यक्षमा चार बर्ष बिताएका हुन् ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७५ बुधवार - १५:१८:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend