Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

नेजाले एनआरएनको सदस्यता वृद्धिमा सहयोग गर्ने

नेजाले एनआरएनको सदस्यता वृद्धिमा सहयोग गर्ने

सतीश चापागाईं

१४, माघ २०७५
images
अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजाले एनआरएन अमेरिकाको सदस्यता अभिबृद्दि कार्यक्रममा सघाउने भएको छ । नेजाका महासचिव किरण मरहठ्ठाले जारी गरेको यो बिज्ञप्ति : प्रेस–विज्ञप्ति नेपाल अमेरिका पत्रकार संघको पाँचौ बैठकले, अमेरिकामा रहेका नेपालीहरुको आधिकारिक छाता संस्था, गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सदस्यता आवेदनको लागी यथाशक्य सहयोग गर्ने निर्णय गरेको छ । नेजा र एनआरएनए अमेरिकाको सम्बन्धलाइ थप मजबुत बनाउदै प्रवासका नेपालीहरुको सर्वाधिक शक्तिशाली संस्थालाइ अझ मर्यादित, पारदर्शी, सहभागीतामुलक र प्रभावकारी बनाउने अभियानमा उत्प्रेरक बन्ने उदेश्यले सदस्यता वितरण कार्य अघि बढिरहेको वर्तमान सन्दर्भमा सदस्यता आवेदनको लागी प्रोत्साहन मिल्ने प्रकृतिको समाचार, टिप्पणी तथा विश्लेषणहरु प्रकाशन तथा प्रशारण गरि यो अभियानमा सहगोग गर्ने अमेरिकामा सक्रिय सञ्चारकर्मी तथा सञ्चारगृहहरुलाइ यसै विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । साथै, जनावरी २७ आइतवार सम्पन्न सोहि बैठकले नेजाको कार्यसमितिलाइ पनि पुर्णता दिएको छ । कार्यसमितिमा रिक्त रहेको सदस्यमा बोष्टनका पत्रकार दिनेश कार्कीलाइ बैठकले सर्बसम्मतले नियुत्ति गरेसंगै १७ सदस्य कार्यसमितिले पुर्णता पाएको हो । रिक्त सदस्यमा यसअघिनै पत्रकार प्रतिमा बाँस्कोटा र पत्रकार यम धिमिरेलाइ नियुक्त गरिसकिएको छ । नेजाले कानूनी सल्लाहकारमा अधिवक्ता बासु फुलारालाइ नियुक्त गरेको छ । किरण मरहठ्ठा महासचिव जनवरी २९, २०१९

images
प्रकाशित मिति :माघ १४, २०७५ सोमवार - ०८:२७:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend