Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

नाई नभन्नु ल -५ मा अमेरिकी ब्यबसायीहरुको संलग्नता, डेढ करोड लगानी गरेको दाबी

नाई नभन्नु ल -५ मा अमेरिकी ब्यबसायीहरुको संलग्नता, डेढ करोड लगानी गरेको दाबी

सतीश चापागाईं

११, भाद्र २०७५
images
  शिव शर्मा टेक्सस– नाइ नभन्नु ल सिनेमाको एउटा ब्राण्ड बनिसकेको छ । ब्रान्डकै कारण व्यवसायिक बनेको यो चलचित्र अहिले पा“चौ सिक्वेल सम्म निर्माण भइसकेको छ । सिनेमाको विषय देखि गीतसंगीत तथा कलाकारहरुको समायोजनले सिनेमाले दर्शकलाई हलसम्म तानिरहेको छ । नेपालमामा गत शुक्रबारबाट प्रदर्शनमा आएको नाइ नभन्नु ल–५ ले सुरुवातमै दर्शकको माया बटुलीसकेको देखिन्छ । विकासराज आचार्यको निर्देशन रहेको यो सिनेमालाई अमेरिकाको टेक्ससमा बसेर व्यवसायीमा जमेका हरिबोल भण्डारी तथा गौरीराज जोशीले लगानी गरेका हुन । उनिहरुले सिनेमामा झन्डै डेढ करोड रुपैया लगानी गरेको बताए । समाजसेवाको क्षेत्रमा समेत दरिलो उपस्थिति जनाएका भण्डारी र जोशीले नेपाली सिनेमाको बजारलाई विदेशमा पनि बिस्तार गर्न आफुहरुले लगानी गरेको बताए । अमेरिकाको टेक्ससमा आगामी शुक्रबारबाट रिलिज हुने यो सिनेमालाई नेपाल ११ इन्टरटेनमेन्टले अमेरिकाभरी प्रदर्शनको जिम्मा लिएको छ ।   टेक्ससमा आईतबार आयोजीत कार्यक्रममा निर्माता जोशीले यो सिनेमालाई विदेशमा बस्ने दर्शकले रुचाएको खण्डमा आगामी दिनमा अन्य सिनेमाहरुमा पनि लगानी गर्ने सोच बनाएको बताए । ‘दर्शकले सिनेमालाई माया गरेर हल सम्म आईदिनु हुनेछ भन्ने अपेक्षा राखेका छौ’ उनले भने– ‘दर्शकको साथ पाएको खण्डमा अरु सिनेमामा लगानी गर्ने वातारण बन्नेछ । उनले यस अघि अमेरिकामै निर्माण भएको सफर फिल्ममा समेत लगानी गरेका थिए । यो उनको नेपाली सिनेमामा दोस्रो लगानी हो । उनले एउटा ब्राण्डको रुपमा रहेको सिनेमाले अहिले सम्म राम्रो सफलता पाएकोले यो पाचौ सिक्वेलले पनि दर्शकको साथ पाउनेमा आफु बिश्वस्त रहेको बताए । उनले टेक्ससकाका एक सफल व्यवसायी पनि हुन । उनले शिक्षा तथा आईटी क्षेत्रमा लगानी गरेका छन् । भास्तिका उनको बहुचर्चित कम्पनी हो ।   यस अघि नाइनभन्नु ल को तेस्रो तथा चौथो सिक्वेलमा पनि लगानी गरिसकेका हरिबोल भण्डारी एक पछि अर्को गदै सिनेमाले पाएको सफलताले गर्दा पनि लगानी गर्न हौसाएको बताए । अमेरिकामा नेपाली सिनेमा वामे सदैछ उनले भने– ‘नेपाली सिनेमाको बजार बिस्तारका लागी समेत आफुलाई लगानी गर्न प्रोत्साहन जागेको छ ।’ उनका अनुसार लगानी केवल व्यापारिक उद्देश्य मात्र नभई विदेशमा नेपाली सिनेमा मार्फत संस्कृति आदानप्रदानमा समेत टेवा पुग्ने छ । दर्जनौ स्टोरका मालिक समेत रहेका युवा व्यवसायी भण्डारी सामाजिक क्षेत्रमा पनि त्यतिकै सक्रिय छन् । टेक्ससमा उनि पनि गनिएका व्यवसायीमा पर्छन् । पछिल्लो समय व्यवसायी संगै नेपाली सिनेमा निर्माताको रुपमा समेत उनी सक्रिय भएका हुन । उनले आगामी सिनेमाहरुमा समेत निर्माताको रुपमा लगानी गर्ने कार्यलाई निरन्तरता दिने बताए ।   नेपाल ११ इन्टरटेनमेन्टले अमेरिकाभरी सिनेमाको १०० भन्दा बढी शोहरु विभिन्न राज्यहरुमा गदै जाने बताएको छ । ‘टेक्ससबाट सुरु गरेर अमेरिकामा अरु धेरै राज्यहरुमा यो सिनेमा देखाउने छौ’ संस्थाकी संयोजक अदिति खरेलले भनिन– ‘दर्शकको उपस्थिति हलहरुमा राम्रो हुने अपेक्षा लिएका छौ ।’ अहिले सम्मका सिक्वेलहरु दर्शकहरुले रुचाउदै आएको नाइ नभन्नु ल–५ मा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दिलिप रायमाझी, बुद्धी तामाङ, अनुभव रेग्मी, सेड्रिना शर्मा , जयनन्द लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । यो सिनेमा मार्फत नायिका निरुता सिंह छोटो भुमिकामा भए पनि कमब्याक गदैछिन् । सिनेमामा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायाकन र अर्जुन जिसीको सम्पादन रहको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - ०७:५८:४८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend