गर्भिणी धरती -युवराज मैनाली
मेघाच्छादित आकाश रक्तरञ्जित हुँदै गइरहेको थियो । सामुद्रिक लहरमा विशाल नगरहरू विस्थापित हुने क्रम जारी थियो । खेलको मैदानमा कुनै निष्कपट शिशु लडीबुडी गर्दै अघोर क्रीडा जारी गरिरहेको थियो । ग्रिनविचसित जोडिएको बुद्धमार्गीहरूको स्तम्भ थियो त्यहाँ । देश देशावरबाट फर्किरहेका भिक्षुहरूको एउटै सामूहिक प्रश्न गर्जिरहेको थियो । ‘आमा ! धर्तीलाई के भइरहेको, छ हँ ?’ यौन क्रीडामा क्रियारत अम्बरचाहिं मौन थियो । पिताम्बर मौन थियो ।