Logo

मंगलवार, चैत्र ६ गते २०८०   |   2024 March 19

images

images

अमेरिकाको जनगणना २०२० मा सक्रिय सहभागी हुन् सबैलाई अनुरोध गर्दछु -डाक्टर अर्जुन बन्जाडे

अमेरिकाको जनगणना २०२० मा सक्रिय सहभागी हुन् सबैलाई अनुरोध गर्दछु -डाक्टर अर्जुन बन्जाडे

नेप्लिज डायस्पोरा

३, चैत्र २०७६
images

डाक्टर अर्जुन बन्जाडे एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँलाई एनआरएनए अमेरिकाले अमेरिकाको जनगणना २०२० को लागि संयोजकको जिम्मेवारी दिएको छ । सोहि अनुरुप डाक्टर बन्जाडेले धेरै चेतनामुलक लेखहरु लेख्नुका साथै नेपाली समुदायका बिचमा संयोजनको काम र प्रचारप्रसारको काम गरिरहनु भएको छ । डाक्टर बन्जाडेसंग नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंले जनगणना २०२० का बिषयमा गर्नुभएको कुराकानी प्रस्तुत छ । अमेरिकाको जनगणना २०२० अहिले के भइरहेको छ ?

जनगणना २०२० को प्रक्रिया सुरु भई सकेको छ । मार्च १२ देखि अमेरिकी तथ्याङ्क विभागले हुलाकबाट एक निमन्त्रणा पत्र पठाउन सुरु गरेको छ । अमेरिकामा बस्ने अन्य व्यक्तिले जस्तै केही नेपालीहरूले पनि उक्त पत्र पाई सक्नु भयो भने अरूले मार्च २० सम्ममा पाउनु हुने छ। एकै दिन सबैलाई पत्र नपठाई विभिन्न दिनमा पठाउनको कारण के भने एकै साथ ठुलो सङ्ख्यामा मानिसहरूले अनलाइनबाट फर्म भर्न गई समस्या नहोस् भनेर हो ।

यसप्रति नेपालीहरूको उत्साह कत्तिको पाउनु भएको छ ?

गैर-आवासीय नेपाली सङ्घ, अमेरिकाले अमेरिकी जनगणना २०२० जुन प्राथमिकताका साथ प्रचार प्रसार गरेको छ | त्यसको धेरै व्यक्तिहरूले सह्राना गर्नु भएको छ । विभिन्न च्याप्टरहरूले आ-आफ्नो ठाउँमा जनगणना सम्बन्धी गतिविधिहरू सञ्चालन गर्नु भएको छ र कतिपय राज्यहरूमा म आफै पुगेर जनगणना सम्बन्धी जिज्ञासाहरूलाई सम्बोधन गरेको थिए । पछिल्ला हप्ताहरूमा कोरोना भाइरसले गर्दा देश भरि सङ्कटकाल घोषणा भएकोले प्रत्यक्ष भेटघाट गरेर जनगणना सम्बन्धी विषयमा छलफल गर्न नपाएता पनि कन्फरेसकल मार्फत जनगणनाको प्रचार प्रसार कसरी गर्ने भनी विभिन्न च्याप्टरहरूसँग संवादमा रही रहेको छु । देशका विभिन्न भागबाट धेरै नेपाली साथीहरूले आफूले Census Bureau बाट पत्र पाएको र फर्म पनि भरि सकेको भनी सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाँहरूले अरूलाई पनि भाग लिन अनुरोध र उत्प्रेरित गर्नु भएको छ । यसबाट नेपालीहरूमा जनगणना सम्बन्धमा धेरै उत्साह भएको पाएको छु ।

साथै, मलाई प्रत्येक दिन फोन बाट प्राप्त हुने प्रश्नको आधारमा भन्नु पर्दा केही साथीहरूलाई अझै पनि जनगणनाको सम्बन्धमा सही जानकारी नभएको देखिन्छ र हाम्रो दायित्व भनेको सबैलाई यसबारे पूर्ण जानकारी उपलब्ध गराउनु हो । के सबैले अमेरिकी तथ्याङ्क विभाग (Census Bureau) बाट जनगणना २०२० भाग लिन अनुरोध गरेको पत्र प्राप्त गर्छन् ? जनगणना २०२० भाग लिन के पत्र प्राप्त गर्ने पर्छ ? हो, तथ्याङ्क विभागले आफ्नो रेकर्डमा भएका सबै ठेगानाहरूमा पत्र पटाउँछ तर पत्र प्राप्त नभए पनि जनगणनामा भाग लिन सकिन्छ । अमेरिकी तथ्याङ्क विभागले इतिहासमा पहिलो पल्ट अनलाइन मार्फत पनि जनगणनाको विवरण आफै भर्न सक्ने व्यवस्था गरेको छ । जस अनुसार मार्च १२ देखि २० सम्ममा website

(my2020census.gov) मा गई आफै जनगणना मा भाग लिन अनुरोध गरेको पत्र पठाउने बताएको छ । पत्र पठाउँदा व्यक्तिको नाममा होइन ठेगाना मात्र लेखी पठाएको हुन्छ। धेरै भन्दा धेरैले आफ्नो विवरण आफै भरेको खण्डमा विभागको काममा सहयोग पुग्ने, कम खर्चमा जनगणना सम्पन्न हुन सक्ने, र प्राप्त विवरण पनि सही हुने जस्ता धेरै फाइदाहरू छन् । अमेरिकी तथ्याङ्क विभाग पठाउने पत्र मा दुई महत्त्वपूर्ण सूचनाहरू समावेश गरेको हुन्छ -

(१) जनगणना २०२० मा अप्रिल १ सम्ममा my2020census.gov मा गई सोधिएका प्रश्नहरूको उत्तर दिएर भाग लिन सकिन्छ भन्ने जानकारी । र

(२) पत्र प्राप्त कर्ताको ठेगानासँग सम्बन्धित १२ अङ्कको Census ID जसको प्रयोगले कुन ठेगानाको लागि फर्म भरियो भन्ने तथ्याङ्क विभाग लाई थाहा हुन्छ।

तर, कुनै कारणले गर्दा अमेरिकी तथ्याङ्क विभाग बाट पत्र प्राप्त भएको छैन भने पनि जनगणना भाग लिन सकिन्छ ।जनगणनामा भाग लिन पत्र नभए पनि हुन्छ: Census ID को सट्टा यसको तलतिर "If you do not have a Census ID, click here" मा click गरेर सोधिएका प्रश्नहरूको उत्तर दिए पुग्छ; पत्रलाई कुर्नु पर्दैन । धेरै नेपाली साथीहरूले आफूले पत्र पाएको र फर्म पनि भरि सकेको भनी सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाँ हरूले अरूलाई पनि भाग लिन अनुरोध र उत्प्रेरित गर्नु भएको छ । गैर-आवासीय नेपाली सङ्घ, अमेरिका सबैलाई अप्रिल १ भन्दा अगावै अनलाइनबाट फर्म भरेर जनगणनामा भाग लिनु हुन अनुरोध गर्छ । साथै, तपाईँले जनगणनामा भाग लीसकेपछि Facebook वा अन्य सामाजिक सञ्जालबाट अरूलाई पनि उत्प्रेरित गर्नु हुन अनुरोध गर्दछु ।

एनआरएनए, अमेरिकाले विभिन्न राज्यमा बसेका नेपालीहरूलाई कसरी सचेतना गराई रहेको छ? आफ्ना सबै सदस्यहरूलाई यो अभियानमा स्वतःस्फूर्त रूपमा स्वयंसेवक बनाउन तपाईँहरूका योजना के छन् ?

जनगणना २०२० मा अमेरिकावासी नेपालीहरू सबैले भाग लिउन् र नेपाली पहिचान रहने गरी आफ्नो विवरण भर्न उत्प्रेरित गर्ने काम त्यति सजिलो छैन । यो गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए), अमेरिका एक्लैले मात्र नभई सबै व्यक्ति र सङ्घ संस्थाहरूको जिम्मेवारी हो । एनआरएनए, अमेरिकाले जनगणना २०२० को उच्च प्राथमिकताका साथ प्रचार प्रसार गरेको कार्य सबैले अनुभव गरेका छन्; धेरै व्यक्तिहरूले सह्राना गर्नु भएको छ । धेरैभन्दा धेरै साथी हरूलाई स्वयम् सेवकको रूपमा काम गर्न उत्साह भर्न र केही प्रश्न भएमा त्यो पनि सम्बोधन गर्न म विभिन्न च्याप्टरहरूले आ-आफ्नो राज्यहरूमा जनगणना सम्बन्धी सञ्चालन गर्नु भएका कार्यक्रममा आफै पुगेर जनगणना सम्बन्धी जिज्ञासाहरूलाई सम्बोधन गरेको थिए । पछिल्ला हप्ताहरूमा कोरोना भाइरसले गर्दा देशभरि सङ्कटकाल घोषणा भएकोले प्रत्यक्ष भेटघाट गरेर जनगणना सम्बन्धी विषयमा छलफल गर्न नपाएता पनि कन्फरेसकल मार्फत धेरै भन्दा धेरै साथीहरूलाई प्रचार प्रसारमा लाग्न उत्प्रेरित गरिरहेको छु । जनगणनाको प्रचार प्रसारको कामलाई अझ बढी प्रभाव कारी बनाउन के गर्न सकिन्छ भनी विभिन्न च्याप्टरहरूसँग संवादमा रही रहेको छु । देशका विभिन्न भागबाट धेरै नेपाली साथीहरूले आफूले Census Bureau बाट पत्र पाएको र फर्म पनि भरि सकेको भनी सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाँहरूले अरूलाई पनि भाग लिन अनुरोध र उत्प्रेरित गर्नु भएको छ । साथै, हामीहरूले अन्य संस्थाहरूसँग पनि हातेमालो गर्दै कार्यक्रमहरू गरी रहेका छौ र विभिन्न राज्यका कमिटीहरू र राज्यका कमिटीहरू नभएका राज्यहरूमा Focal Person लाई पनि परिचालन गरेका छौ । यसको अलावा, पत्रपत्रिकामा आफूले जानेका कुराहरू समयले भ्याए सम्म प्रकाशित गर्ने गरेको छु जुन हाम्रो website (www.nrnusa.org) मा पनि पाउनु हुन्छ ।

अमेरिकामा रहेका सबै सामाजिक संस्थाहरूको दायित्व के हो ? उनीहरूले के गरिरहेका छन् ? के गर्न सक्छन् ?

यो जनगणना अमेरिकी सरकारले गर्दै छ । एनआरएनए, अमेरिकाले आफ्ना सबै च्याप्टरहरू (Chapters) र च्याप्टर नभएका राज्यहरूमा फोकल पर्सन (Focal Person) लाई सक्रिय बनाई जनगणनाको प्रचारप्रसार मात्र गरेको हो । अन्य सङ्घ संस्थाहरूले पनि आफ्नो आफ्नो ठाउँमा जनगणना २०२० सम्बन्धी प्रचार प्रसार गरिरहेका छन् । कतिपय ठाउँमा एनआरएनए, अमेरिकासँग सहकार्य गरेर अन्य सामाजिक संस्थाहरुले जनगणना प्रचार प्रसार गरेका छन् । यस्तो अवसर दश वर्ष पछि मात्र आउने भएकोले यस जनगणनामा एनआरएनए, अमेरिका मात्र नभई अमेरिकामा सक्रिय सबै सङ्घ संस्थाहरूले हातेमालो गरी जनगणनाको प्रचारप्रसार गर्नु उपयुक्त हुन्छ र सबै नेपालीहरूलाई आफ्नो पहिचान खुल्ने गरी आफ्नो विवरण भर्न प्रेरित गर्नु पर्दछ । यो हाम्रो दायित्व पनि हो ।

 एनआरएनए, अमेरिकाको तर्फबाट यो समितिको जिम्मेवारी लिएको व्यक्ति भएका नाताले यहाँ बसेको एउटा सामान्य नेपाली यो अभियानमा कसरी सक्रिय होस् भन्ने चाहनुहुन्छ ?

मलाई यो जिम्मेवारी दिनु भएकोमा एनआरएनए, अमेरिकाका केन्द्रीय समितिका सम्पूर्ण साथीहरूप्रति आभारी छु । मैले नेपालमा जनसङ्ख्या अध्ययन विषयमा मास्टर गर्दै गर्दा सन् १९९१ को नेपालको जनगणनामा सक्रिय भई काम गरेको थिए र अहिले करिब ३० वर्ष पछि फेरि अमेरिकी जनगणनामा यसको प्रचार प्रसारको काम आफूले जानेसम्म गरेको छु । साथै, जनसङ्ख्या अध्ययन विषयको उप-प्राध्यापक को रूपमा केही वर्ष काम गरेको एक व्यक्ति को रूपमा म आफू जनगणना मा भाग लिनु धेरै महत्त्वपूर्ण छ भन्ने ठान्दछु । अमेरिकी जनगणनामा सबैले भाग लिनु महत्त्वपूर्ण छ किनकि यसबाट प्राप्त नतिजा निम्न कामको लागि प्रयोग गरिनेछ:

• प्रत्येक राज्यको संयुक्त राज्य अमेरिकाको प्रतिनिधिसभामा रहेको सिटहरूको सङ्ख्या र सरकारको सबै तहमा तपाईँको राजनीतिक प्रतिनिधित्व निर्धारण गर्न।

• केन्द्रीय सरकार अर्थात् सङ्घीय कोषबाट (federal funds) अरबौँ डलर विभिन्न राज्य तथा स्थानीय निकायहरूले स्वास्थ्य, शिक्षा, बसोबास, आर्थिक विकास, सामाजिक सेवा, बाटोघाटो, यातायात र अन्य क्षेत्रमा प्राप्त गर्ने सहयोग कति हुने भन्ने निर्धारण गर्छ; र

• सही तरिकाले जनगणनाको फर्म भरेमा यसले नेपालीहरूको पहिचान सहित तथ्याङ्क हासिल गर्न पनि सहयोग गर्छ ।

संयुक्त राज्य अमेरिकामा सबै नेपालीलाई गणना गर्न हामीलाई तपाईँको सहयोग चाहिन्छ । तपाइकोमा बस्ने सबै वयस्कहरू, बच्चाहरू, र शिशुहरूका बारेमा आधारभूत जानकारी प्रदान गरेर सहयोग गर्नुहुन अनुरोध गर्दछौ । जनगणनामा व्यक्तिको सामान्य जानकारी सम्बन्धी प्रश्नको अलावा जातियता (Race) सम्बन्धी प्रश्न पनि छ । यो एकदम महत्त्वपूर्ण प्रश्न हो । हाम्रो अनुरोध यो छ कि यो प्रश्नको उत्तर दिँदा अन्य एसियाली ("Other Asian") छानी खालि ठाउँमा नेपाली ("Nepali") लेख्नु होला । यसो गरिएको अवस्थामा नेपालीको पहिचान सहित गणना हुन्छ र नेपालीहरूको अमेरिकामा भएको सङ्ख्या थाहा पाउन सम्भव हुन्छ जुन नेपाली अमेरिकन समुदायको लागि ठुलो उपलब्धि पनि हो ।

अन्त्यमा केहि भन्नुहुन्छ ?

अन्तमा, सबै नेपालीहरूले जनगणनामा भाग लिनु पर्दछ; यो अमेरिकी कानुनमा व्यवस्था भएको छ । जनगणनाको २०२० अवधिमा तथ्याङ्क विभागले तपाईँलाई कहिले पनि तपाईँको सामाजिक सुरक्षा नम्बर (Social Security Number) वा बैङ्क वा क्रेडिट कार्ड नम्बरहरू माग्दैन; यदि कसैले यी बारे सोध्दछ भने त्यो कानुन विपरीत हो र तपाईँले त्यस्तालाई आफ्नो सूचना दिनु हुँदैन। तथ्याङ्क विभागले तपाईँको व्यक्तिगत जानकारी गोप्य राख्दछ; र तपाईँको तथ्याङ्क (डाटा) सांङ्खिकीय उद्देश्यहरूको लागि मात्र प्रयोग गर्दछ । त्यसैले सबैले आगामी जनगणनामा भाग लिऊ; नेपाली पहिचान सहित भाग लिऊ।

देशका विभिन्न भागबाट धेरै नेपाली साथीहरूले आफूले Census Bureau बाट पत्र पाएको र फर्म पनि भरि सकेको भनी सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाँहरूले अरूलाई पनि भाग लिन अनुरोध र उत्प्रेरित गर्नु भएको छ । अन्य साथीहरूलाई पनि पत्र प्राप्त भए पनि वा नभएको अवस्थामा पनि जनगणनामा भाग लिई सामाजिक सञ्जाल मार्फत आफ्नो नेटवर्कमा भएका अन्य व्यक्तिलाई पनि यसमा भाग लिन उत्प्रेरित गर्न र कसैलाई जनगणनाको फर्म भर्ना सहयोग चाहिएमा सहयोग गर्न वा एनआरएनए, अमेरिकाका साथीहरूलाई सम्पर्क गर्न सकिन्छ भन्ने जानकारी पुराई दिनु हुन अनुरोध गर्दछु ।

 कसैले तपाईलाई सम्पर्क गर्न मन लाग्यो भने कसरी गर्ने ?

जनगणना २०२० सम्बन्धमा केही प्रश्न भएमा कृपया सम्पर्क गर्नुहुन अनुरोध गर्दछु।

डा. अर्जुन बन्जाडे Senior Vice President, NRNA NCC of USA Chair, Census 2020 Taskforce Cell: 214-680-2871 Email: [email protected]

images
images
प्रकाशित मिति :चैत्र ३, २०७६ सोमवार - १३:२६:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend