१२, भाद्र २०७५
ठम्याउन गाह्रो भएपछि मूल सडकमै निस्केर हेरिबसेको थिए । रातो जीप ग्लीन अर्वर अपार्टमेन्टको आँगनमा आएर रोक्यो । जोशिला दुई जवान मुस्कुराउँदै दाई नमस्ते बसौ भन्दै आदरकासाथ ढोका खोलिदिए । भौतिक रुपमा ती दुई जवानसँग मेरो पहिलो भेट थियो । हाते फाइल बन्द गर्दै लुसुक्क जीपको पछिल्लो सीटमा बसे । जीपीएसले एकछिन घुमाइदिएछ । कहिलेकाही औंलाको भरमा डिजिटल संसारमा साहित्यिक शव्द सम्वाद हुने गर्थ्यो । तेश्रो पटक अमेरिका भ्रमणमा डालस आइपुगेको प्राय मलाई चिन्ने मित्रहरुलाई जानकार नै थिए । एकदिन गुरु नमस्कार भन्दै म्यासेन्जरमा टेक्स्ट पाएँ । नमस्ते भाइ भन्दै सम्बाद शुरु भयो ।
अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डालस शाखाद्वारा आयोजित डालस साहित्यिक “सुगम साँझ”कार्यक्रममा हजुरलाई अतिथिको निमन्त्रणा छ । हरेक महिना हुने साहित्यिक कार्यक्रममा नेपालबाट वा अन्य कुनै ठाउँबाट आउने स्रष्टालाई अतिथि बनाउने प्रचलन छ । भोली कार्यसमितिका साथीहरुले पनि फोन गर्नु हुनेछ । समय जसरी पनि मिलाउनु होला । मैले हुन्छ नि भाइ म त फ्री नै छु तर राइड छैन के पो गरौ भन्न नपाउँदै होइन हामी लिन आउँला चिन्ता गर्नुपर्दैन भन्दै साइन आउट भयो । तिनै जोशिला गजलकार युवा थिए पवन लामिछाने । दुवैजना असल र मिलनसार । जीप हाँक्ने अर्का युवा गजलकार वासु पुष्प अधिकारी थिए । डालसमै हुने साहित्यिक कार्यक्रममा भेटेका जोडी रहेछ । अहिले अति मिल्ने साहित्यिक जोडीमा पर्दोरहेछ । दौडाए जीप अर्भिङको हाइवेमा गजलकार अधिकारी भाइले, आ आफ्नै लेन र अनुशासनबद्द खुल्ला सडकमा नियममा चलाउनेलाई सार्है सजिलो । तर बानी नहुनेलाई भने तालिम प्राप्त नभएसम्म कठिन नै । धूलो मैलो, फोहोर विहिन सडक जताततै सफा र फराकिलो तर अप्राकृतिक र कृत्रिम वातावरण । तालमेल नमिलेको हावापानी विचलित मौषम नै यहाँको नकारात्मक पक्ष । झरी बादल, गर्मी चिसो कुनैको तात्विक अन्तर्मिलन नै छैन । छिन छिनमा वदलिरहने मौषम । प्राकृतिक संयन्त्रले काम नगरेको ठाउँ भन्दा फरकनपर्ला ।
हावापानी मौषम र प्राकृतिक सौन्दर्यताको हिसाबले नेपाल त आफैमा एउटा स्वर्गभुमी, पर्यटकिय गन्तब्यमा नेपाल बिश्वकै छैटौं स्थानमा पर्दछ । जम्मा तीन दशमलव तीन माइल बाटो एघार मिनेटमा पुग्यौं । कार्यक्रम स्थल नेपाली कल्चर एण्ड स्प्रिटीच्युल सेन्टर एनसी एससी अर्भिङमा रहेछ । जीपबाट ओर्लिनसाथ झ्याप्पा तातो रापले छोपीहाल्यो मानौ सौनावाथ बिर्साउने तातो । ढोकामा जुत्तालाई लाइन लगाएर मन्दिरभित्र प्रबेश गर्यौ । उमेरले पाका ब्रिद्दा बा आमाहरु एकअर्कामा भलाकुसारीमा ब्यस्त थिए । हरेक हप्ताको बिदाको दिन आइतावार पूजा भजन किर्तन नियमित हुने गर्दोरहेछ । पूजारीले मलाई मन्दिरको टिका प्रसाद ग्रहण गर्न लगायो । एकै ठाउँमा बौद्द र हिन्दूको मन्दिर निकै सुन्दर र आकर्षक देखिन्थे ।
प्रबासमा रहेका आम नेपालीहरु आफ्नो मातृभूमी आफू र अपनत्वको भावनाले आफ्नै समाज निर्माण र अस्तित्व कायमको लागि यी मन्दिरको निर्माण भएको प्रष्टै हुन्छ । जहाँ र जता बसेपनि आफ्नो राष्ट्र धर्म, भाषा, संस्कार, रिती रिवाजलाई सम्बर्द्दन, संरक्षण गर्नु हाम्रो कर्तब्य, दायित्व र जिम्मेवारी पनि हो । ताकी हाम्रो सन्ततिले पनि अनुसरण गरुन । हप्तादिन सम्म अति ब्यस्त समय एकदिन मन्दिरमा बिताउने थुप्रै नेपालीहरु पाएँ । धेरैजसो सामुहिक र सामाजिक कार्य मन्दिरमै आयोजना हुने गर्दोरहेछ । नियमित पूजा र पूजारीको प्रबन्ध मन्दिर ब्यबस्थापन समितीद्वारा सन्चालित रहेछ ।
हामी आम नेपालीहरु जहाँ र जतागएपनि एक हौं भन्ने सन्देश मन्दिरमा आयोजित हरेक कृयाकलापहरुबाट प्रष्टै हुन्छ । अनेसासका मित्रहरुले भित्र कोठामा बोलाएर नयाँ कार्य समितिका पदाधिकारीहरुसँग कार्यक्रम बारे सामान्य परिचय सहित जानकारी गराए । अहिलेसम्मका गतिविति र कृयाकलाप छोटकरीमै प्रस्तुत गरे । एप्पल घडीले दिउँसोको चार बजाउँदै थिए । साहित्यकार एवम अनेसास डालस च्याप्टरका पूर्व अध्यक्ष वाशु शर्मा र नयाँ अध्यक्ष कपिल अधिकारीको संयुक्त अध्यक्षतामा सन्चालित कार्यक्रममा शैलेश आचार्य बिशिष्ट अतिथि र बिकु लामा प्रमूख अतिथि थिए । कार्यक्रम अनेसासका सचिव सुमन कार्कीले सन्चालन गरेका थिए । प्रदिप गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा लीला श्रेष्ठले तिम्रो शहरमा शिर्षकको कविता वाचन गरे । एउटा बेदना र उच्छावास ब्यक्त मार्मिक थिए कविता ।
यसैगरी अनेसास अष्टिन च्याप्टरका अध्यक्ष सुरेश पोखरेलले भाका हालेर गीतात्मक कविता प्रस्तुत गरे । यसैगरी धनन्जय ढकाल, खेमराज गैरेघरे, चम्पा पाण्डे भट्टाराइ, गजलकार पवल लामिछानेले बिकु लामाको ब्यक्तित्व र परिचय सहित मिठो गजल प्रस्तुत गरे । यसैगरि निलमणी नेपाल, भगवती पौड्याल, नेत्र प्रसाद आचार्य, भानुभक्त अधिकारी, गजलकार वासु पुष्प अधिकारी, हरि बिष्ट, अनेसासका उपाध्यक्ष निर्मला राईले आ आफ्नो रचना सुनाएका थिए । गजलकार पवल लामिछाने, वासु पुष्प अधिकारी र नेत्र प्रसाद आचार्यको वाचन शैली प्रिथक थिए । तालीको गडगडाहड मच्चीरह्यो । मेरा लागि भने सबै स्रष्टाहरुको रचना श्रवण गर्ने अवसर पहिलो नै थिए । मलाई बडो आनन्द लाग्यो । “हरेक मान्छेलाई हरेक कुरा हरेक एङगलले राम्रो हुनुपर्दछ भन्ने होइन बिचारको सम्प्रेशन र प्रक्षेपन फरक फरक हुन्छ र हुनुपर्दछ |" अनेसासका संस्थापक अध्यक्ष भीम कार्कीले पन्ध्र बर्षदेखिको अनेसासको ईतिहास मौखिक रुपमै प्रस्तुत गरे । केही दिन अगाडी फोन सम्वाद हुँदा सार्है बौद्दिक र साहित्यिक ब्यक्तित्व लागिरहेको थियो । प्रत्यक्ष रुपमा पनि त्यस्तै पाएँ । अनेसासलाई स्थापनादेखि हुर्काउने बढाउने कार्यमा उहाँको ज्यादै महत्वपूर्ण भूमिका र योगदान रहेछ । साहित्यकार शैलेश आचार्यले मन्तब्य सहित मेरो अनुमति मै सपनाको ट्रान्जिटमा कविता सङ्ग्रहबाट भुँइ मान्छे र सपना शिर्षकको कविता वाचन गरे ।
मैले प्रमुख अतिथिको मन्तब्य सहित सपनाको ट्रान्जिटमा कविता सङ्ग्रहबाट आदिम ईश्वर, जिन्दगीको प्रेक्षालयमा, सपनाको ट्रान्जिटमा, जिँउदो अभिलाषा, भुइँ मान्छे र सपना र सयपत्री मायाको दरवार गरि छ वटा कविता प्रस्तुत गरे । सबैजनाले ब्यग्ररुपमा श्रवण गरे सकारात्मक प्रतिकृया पाएँ जुन मेरा लागि ज्यादै महत्वपूर्ण थियो । हृदयमा पलाएको सपनाले सार्थक सिद्द र आनन्दको महसुश गरे । वास्तबमा कविता लेख्नु भनेको आफ्नै जीवन र समाजलाई फर्केर हेर्नु पनि हो । खासगरि बिपन्न ग्रामीण क्षेत्रमा सामाजिक कार्यको दौरानमा प्रत्यक्ष देखेका, भोगेका, अनुभूत गरेका जीवन्त घट्ना, परिघट्नाहरु नै मेरा कविताका ब्यूटिफिकेशन हो भन्छु ।
समाजको बिभिन्न पक्ष र आयामलाई परिवर्तन र रुपान्तरन गर्न पनि हामीले लेखिरहनु पर्दछ । बिशेष तस् हाम्रो नेपाली समाजमा लेखक र कविहरु प्रतिको दरिद्र व्यबहार, चिन्तन, दृष्टि र दृष्टिकोणमा पनि परिवर्तन ल्याउन जरुरी छ । अनेसासको कार्यक्रममा श्रोता बनेर आउने सबैजनाले आ आफ्नो रचना सुनाउने प्रचलन रहेछ । आउँदा श्रोता र जाँदा कवि स्रष्टा भएर जाने नयाँ अनुभुति पाँए । साहित्यिक पथको राम्रो पक्ष मान्नुपर्दछ । जसले समाजमा साहित्यिप्रतिको अभिरुची र बिस्तारमा टेवा पुग्दछ । पूर्व अध्यक्ष वासु शर्माले शुभकामना मन्तब्य सहित नयाँ अध्यक्ष कपिल अधिकारीलाई फूल र टोपी लगाएर नयाँ कार्यभार सुम्पिए । अनेसासका नयाँ कार्यसमितिमा झण्डै अठसठ्ठ्ही प्रतिशत चालिस भन्दा कम उमेरका युवा पुस्ताहरु रहेछ जुन ज्यादै महत्वपूर्ण र उदाहरणिय थिए ।
कुनैपनि संघ संस्था जन्माउनु भन्दा हुर्काउन बढाउन साथै दिगो र निरन्तरता हुनुपर्दछ । होइन भने संघ संस्था जन्माएर मात्रै कुनै अर्थ राख्दैन । अझ अमेरिकामा रहेका मित्रहरुलाई धेरै संघ संस्थाहरु उत्पादन गर्ने कारखाना नै ठान्दछन परिबेश पनि त्यस्तै देखिन्छ । अमेरिका भरि झन्डै तीनलाख रहेका नेपालीहरु माझ सातसय संघ संस्थाहरु छन भनेर बेलाबखत समाचारहरु नआएका होइनन् । प्रबासमा बसेर आफ्नो जन्मभूमिको चासो राख्नु नराम्रो पटक्कै होइन तर बिभिन्न पार्टीका सदस्यता लिएर नेपालकै जस्तो राजनीति गर्नु चाही राम्रो होइन भन्दा फरक नपर्ला । सामाजिक सेवा र नेपाली समुदायको लागि यत्तिको धेरै संघ संस्थाहरु वास्तवमा आवश्यक होइन । प्रायलाई पद र प्रतिष्ठाले भोकाएको हो कि जस्तो देखिन्छ । स्वच्छ भावना र पवित्र आत्मले सेवा गर्न संघ संस्थाको खासै जरुर पर्दैन । हुन त विश्व परिबेश पनि त्यस्तै देखिन्छ । ब्यापार ब्यवसायबाट आर्थिक पक्ष सवल भएपछि नामकै लागि सामाजिक कार्यमा होमिएका धनढ्या र कर्पोरेट ब्यक्तित्वहरु प्रशस्तै छन । विल गेट्स, वारेन वाफेट, मित्ताल अन्य थुप्रैले आफ्नो आम्दानिको केही रकम सामाजिक कार्यमा खर्चिएका छन । जसलाई सकारात्मक मान्नुपर्दछ । लगभग तीनघण्टा सम्म निरन्तर चलेको कार्यक्रमको अन्तमा अध्यक्षले अनेसासको उद्देश्य र भावी योजनाको बिषयमा प्रकाश पार्दै समापन गरे ।
फोटो सेसनलाई छुटाएन । सबैजनासँग बिदा लिएर उही दुई भाईसँगै निस्क्यौं । जीपले बाटो ततायो । अव खाजा खाएर छुटिनु पर्छ दाई भन्दै अर्भिङकै रमाइलो नामको नेपाली रेष्टुरेन्टमा पुग्यौं । भित्र अघिमात्रै बिदा लिएर छुटेका शैलेश आचार्य, भीम कार्की, कपिल अधिकारी लगायत मित्रहरु सँग फेरी भेट भयो । सँगै बसौ भन्दा भन्दै पनि गोप्य गन्थन गर्नु छ भनेर हामी तिन भाई छुटटै टेवलमा बस्यौं । खानाको अर्डर सँगसँगै दुईभाइले गजल वाचन शुरु गरे । रेडियो नेपालमा गजलगंगा कार्यक्रम सन्चालन गरेका राम अविरलले शब्द भाँचेर प्रसारण गरेकोमा अलिअलि गुनासो गर्दै गजलकार वासु प्रस्तुत भए..
“आस बोकेर आको वावु, वाकासमा फर्कियो
फेरी सपना बोकेर छोरो खाडी आउँछ
उनकै याद सबैभन्दा अगाडि आउँछ
आँशु किन्न, कोही किन आउँदैन घरमा
जस्तो फलाम किन्न घरमै कवाडी आउँछ
उनकै याद सबैभन्दा अगाडि आउँछ
जव गिदीमा यादहरुको बाढी आउँछ”
यसैगरि प्रस्तुत भए अर्का गजलकार पवन
जुनदिन गरिव भोकै सुत्दैन भुँइमा
त्यही दिन मेरो गरिव बन्ने प्रयास हुन्छ
जवसम्म मान्छे यसरी दास हुन्छ
जिते पनि हारेको झैं आभास हुन्छ
एकाग्र भएर सुनिरहे दुवैजनाको उत्तिकै दमदार गजल थिए । नम्बर नै दिनु परेको भएपनि बराबरी दिन्थे । मासमा भन्दा एकल श्रोता भएर सुन्नुको मज्जा बेग्लै । दुवैजना प्रतिभाको एकएक गर्दै धेरै शक्तिशाली गजलहरु श्रवण गरे जसले मलाई छुट्टै आनन्द, शक्ती र उर्जा प्रदान गरे । कुनैपनि स्रष्टाको सिर्जना कसैले पनि तोडमोड गर्नु महा अपराध हो । किनभने स्रष्टाको सिर्जना आफ्नो सन्तान जतिकै प्यारो हुन्छ, माया हुन्छ । अहिले डिजिटल सुविधाको दुरुपयोग गर्दै अर्काको सिर्जनाहरु कपि गर्दै आफ्नै नाममा सम्प्रेशन गरेका थुप्रै अछुन्न मान्छेहरु देखि सवधान हुन जरुरी छ ।
हामी तीन भाई बिशुद्द साहित्यिक संवाद र गजलको सेरोफेरो मै ब्यस्त भयौं । सजीव अनुभवहरुको कलात्मक प्रकाशन नै साहित्य हो भनेर स्मरणमा छाप परेका देवकोटाका भनाइलाई मिठास पूर्वक सुनाए वासु भाईले, हुनपनि सजीव अनुभवहरु नै साहित्य हो । देवकोटाका यी भनाइ सान्दर्भिकता त छ नै परन्तुकाल सम्मपनि जीवन्त रहिरहन्छ । समयले नेटो काट्दै थिए । समय वितेको पत्तै भएन । घरमा पाहुना रिसायो भन्दै पवन भाई छटपटिए । हतार हतार गर्दै निस्किदा अर्को टेवलको मित्रहरुले एकसेर गजल भन्दै अनुरोध गरेपछि पवन भाईले एउटा दमदार गजल सुनाए ।
दुइभाइले जतनकासाथ मलाई उही स्थानमा पुर्याएर हार्दिकताका साथ छुटियौं । श्रम पसिना र मेहनतमै भिजाउनु पर्ने समयलाई दुब्लो झिँगाको बोसो निकालेझैं गरि कठिनपूर्वक बचाएका समयलाई साहित्य कर्ममा लगाउनु चानचुने कुरा होइन । साहित्य त्यस्तो बिधा हो जसले आफूले आफैलाई परिमार्जित परिवर्तन र रुपान्तरण गर्न सक्दछ । हरेक ब्यक्ती ब्यक्तिको मन मष्तिष्क र हृदयलाई छुनसक्ने सामार्थ्य साहित्यमा मात्रै हुन्छ । साहित्य एउटा जटिल नसा हो । पोसिलो रसमय रसवरी जस्तै हो । जति डुब्दै गयो उति डुब्दै जाने । आत्म सन्तुष्टीको यथेष्ठ मार्ग नै साहित्य हो । साहित्य बुझ्ने जो कोही पनि यसमार्गबाट अलग रहन सक्दैन । अठारौं शताब्दीदेखि अहिलेसम्मको साहित्यिक संघर्षको यात्रालाई नियाल्ने हो भने विश्वकै सन्दर्भमा साहित्य उत्कृष्ट सम्मानित विधामा पर्दछ । आर्थिक सम्पनता भन्दा बौद्दिक सम्पन्नता महान हुन । जुन अजर अमर रहिरहन्छ ।
हाल: युलेस, डालस टेक्सास अमेरिका
प्रकाशित मिति :भाद्र १२, २०७५ मंगलवार -
२१:५६:३५ बजे