Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

हूस्टन टेक्ससको ताजहलमा बृहत तीज महोत्सब हुने

हूस्टन टेक्ससको ताजहलमा बृहत तीज महोत्सब हुने

सतीश चापागाईं

१२, भाद्र २०७५
images
गुल्मी समाज हूस्टन टेक्सासको आयोजनामा बृहत तीज महोत्सव हुने भएको छ । टेक्सासको ताजहलमा कार्यक्रम राखिएको आयोजकले जनाएको छ । संस्थाका सचिव लक्ष्मण भण्डारीले यो महोत्सवमा सबै नेपालीलाई आएर रमाइलो गर्न अनुरोध गर्नु भएको छ । संस्थाले जारी गरेको सूचना यसप्रकार छ : बिगत बर्षहरुमा झै यो बर्ष पनि नेपाली महिला दिदीबहिनीहरुको महान पर्ब तिजको अबसरमा हूस्टन टेक्ससको ताजहलमा तिजमहोत्सब आयोजना गरिएको कुरा हजुरहरु सामु राख्न पाउदा. हामी अत्यन्तै खुसी भएका छौ!   आफ्नोमौलिक परम्परा ,लोकसस्कृति रीतिरिबाज चाडपर्ब ,भेसभूसालाइ गौरबको बिषय ठान्ने नेपालीहरुको बिशेषता नै हो तेसैले सेप्टेम्बर ९ आइतबार हूस्टन र एस्को सेरोफेरोमा बस्ने सम्पूर्ण पूर्ब मेची देखि पश्चिम महाकाली सम्मका समस्त नेपाली ामा बुवा दाजुभाइ दिदीबहिनीहरुलाई चुलो निम्तो गर्दछौ !   हूस्टनमा रहेका. सम्पूर्ण संघसस्था, प्राज्ञिकबर्ग ,बौद्विकबर्ग , ब्यबसायी ,बिधार्थी पेसाकर्मी सबै जति बेला पनि एउटै शूत्रमा बांधिएर मन बचन र कर्मले अघि बढ़ी रहेको गौरबपूर्ण बिगतलाई यो पटकको तीज कार्यक्रमद्वारा अझै पुरस्टाइ हुने कुरामा हामी बिस्वस्त छौ!   तीज कार्यक्रमको रुपरेखा मिति- सेप्टेम्बर ९ २०१८ आइतबार स्थान -5615 savoy dr houston tx 77036 . ताजहल समय- बिहान ठीक ११ देखि साझ ६ बजे सम्म टिकट दस्तूर - ०-१० उमेर समूह निशुल्क १० बर्ष माथि सबै $ २० ठीक १ - ३ मिठोदर खाने कार्यक्रम टिकट- सोही दिन काउन्टरबाट   बाल तीज गीत प्रतियोगितात्मक कार्यक्रममा भाग लीन इच्छुकले सेप्टेम्बर ५ सम्म सीता भण्डारी (फ़ोन न -८३२-९६४-८६२६) मा सम्पर्क गर्नु हुनेछ !   साथमा मादलको तालैमा अप्रतियोगितात्मक मौलिक तीज गीत, क्यासेट नृत्य पुरुस्कार तथा प्रमाणपत्र बितरण  र समापन   आयोजक गुल्मी समाज. हूस्टन    

images
प्रकाशित मिति :भाद्र १२, २०७५ मंगलवार - १८:४७:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend