Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

कोरोनाका कारण अप्ठेरोमा परेकालाई ‘हेल्पिगं ह्यान्ड’ क्यानडाको सहयोग

कोरोनाका कारण अप्ठेरोमा परेकालाई ‘हेल्पिगं ह्यान्ड’ क्यानडाको सहयोग

नेप्लिज डायस्पोरा

२८, बैशाख २०७७
images
  स्थापनाको छोटो समयमा नै क्यानडा लगायत नेपालमा समेत सामाजीक कार्यमा महत्वपूर्ण भूमिका खेल्न सफल गैर नाफामूलक सामाजीक संथा ‘सिमाबिहिन हातहरु ‘अर्थात ‘Helping Hands Without Borders Canada’ ले कोरोनाका कारण प्रभावित हुनेहरुका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट इमर्जेन्सी कोष मार्फत नगद सहयोग गरेको छ । क्यानडा तथा नेपालमा भाइरसका कारण प्रत्यक्ष मारमा परेकाहरुका लागि सहयोग गर्ने हेतुले एक महिना अगि ‘कोभिड-१९ इमर्जेन्सी कोष’ स्थापना गरेको थियो । कोषमा अमेरिका र क्यानडामा बसोबास गर्नेहरुबाट संस्थाले लिएको लक्ष्य अनुरुप ५ हजार ५० डलर सहयोग प्राप्त भैसकेको संस्थाले जनाएको छ । जम्मा भएको रकम बाट क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरु, गोयल्फ जनरल हस्पिटल, सनि ब्रोक हस्पिटल, फूड बैंक क्यानडा, गैरआवासीय नेपाली संघ क्यानडा लगायत नेपालको एक बिपन्न परिवारलाई सहयोग गरेको छ । संस्थाले राजन श्री छत्कुली को संयोजक्त्वमा क्यानाडा भरि बाट रास्ट्रिय फन्ड परिचालन कमिटी गठन गरि कोष स्थापमा र संचालनको लागी समुदायमा आब्हान गरेको थियो । साथै कोष संचालन र परिचालन को लागि अझै बेबस्थित गर्न अन्जनी राज भट्टराईको संयोजक्त्वमा भैपरी आउने राहत कोष ६ सदस्यीय सल्लाहकार कमिटि गठन गरेको थियो ।संस्थाले दिएको सल्लाहा र सूजाब अनुरुप अन्जनी राज भट्टराईको संयोजक्त्वमा भैपरी आउने राहत कोष ६ सदस्यीय सल्लाहकार कमिटि र राजन श्री छत्कुली को संयोजक्त्वमा १५ सदस्यीय कोबिड-१९ भैपरी आउने राहत कोष कमिटि स्थापना गरि कोष स्थापमा र संचालन गरेको थियो । आजै एनआरएनए क्यानडाका अध्यक्ष जिरन्जीवी घिमिरेलाई हेल्पिगं ह्यान्ड कोभिड- १९ इमर्जेन्सी कोषका संयोजक अन्जनी राज भट्टराई लगायत संथाका अन्य डाईरेक्टरहरु ऋषिकेश घिमिरे र रबिन्द्र आचार्य मार्फत संथाको तर्फबाट एनआरएनए कोषको सहयोगका लागि चेक हस्तान्तरण गरेका छन्। संथाले कार्यक्रम सफल पार्न आआफ्नो तर्फ बाट महत्वपूर्ण भूमिका खेली यस्तो असहज परिस्थितिमा साथ सहयोग गरि संथाको उद्धेश्यमा हौसला थप्नुहुने सबै दाताहरुमा आभार व्यक्त समेत गरेको छ । साथै रास्ट्रिय फन्ड परिचालन कमिटीका संयोजक राजन श्री छत्कुलीले उठेको रकमलाई क्रमस क्यानडाको बिभिन्न कलेज तथा बिश्वबिध्यालयहरुमा अध्ययनरत नेपाली बिध्यार्थीहरु, गोयल्फ जनरल हस्पिटल, सनि ब्रोक हस्पिटल, फूड बैंक क्यानडा र आबसेकता अनुरुप अन्यलाई परिचालन गर्दै जाने जानकारी प्रदान गर्नु भयो र सो फन्ड तथा भैपरी आउने राहत कोषमा सयोग र सद्भाव को लागी सबैलाई आब्हान तथा अनुरोध गर्नु भएको छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १८:४७:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend