मिति भाद्र १०, २०८३ का दिन नेपालको भोटेकोशीबाट आएको विनाशकारी बाढी तथा पहिरोबाट हुन गएको क्षति तथा प्राकृतिक विपदको दु:खद घडीमा राहत तथा पुनर्स्थापनामा सहयोगार्थ नासो कम्युनिटी अमेरिकाको पहलमा आर्थिक सहयोगको लागि अपिल भएकोमा सम्मानित समुदायका सदस्यज्युहरुले हातेमालो गर्दै मन खोलि आर्थिक सहयोग गरिदिनु भएकोमा नासो कम्युनिटी अमेरिका परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं !
नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा राष्ट्रिय बाणिज्य बैङ्कको खातामा मिति अक्टोवर २, २०२६ शुक्रवारका दिन सङ्कलित राहत रकम युएस डलर $७,०००.०० (नेपाली रुपैया नेरु: १० लाख ३४ हजार १८० रुपैया) पठाईएको छ !
नासो कम्युनिटी अमेरिका परिवार