Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नर्वेको ओस्लोमा पहिलोपटक नेपाली क्रिकेट प्रतियोगिता हुँदै

नर्वेको ओस्लोमा पहिलोपटक नेपाली क्रिकेट प्रतियोगिता हुँदै

सतीश चापागाईं

७, श्रावण २०७७
images
नर्वेको ओस्लोमा पहिलोपटक नेपाली क्रिकेट प्रतियोगिता हुँदै

दर्पण तिमिल्सिना
ओस्लो, नर्वे

प्रवासी नेपाली एकता मन्च (ओएनयुएफ) नर्वेले पहिलोपटक नर्वेको राजधानी ओस्लोमा T-10 क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ। आगामी जुलाई २६ तारिक, आइतबारका दिन ओस्लोको क्रिन्सो खेल मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।

साथै, नर्वेमा क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरुको ८ ओटा समूह दर्ता समेत भैसकेको र प्रतियोगितामा बिजेता समुहलाई नगद ४००० नर्वेजियन क्रोनर ( करिब नेपाली रु ५० हजार ) सहित रनिङ्ग कपले सम्मान गरिने प्रतियोगिताका संयोजक मनोज अधिकारीले जानकारी दिएका छन्।

बिगतका बर्षहरुमा विभिन्न खेलकुद कार्यक्रमहरु आयोजना गर्दै आएको मन्चले नेपालीहरु माझ लोकप्रिय हुँदै गएको क्रिकेट खेललाई अबका दिनमा निरन्तरता दिने बताएको छ। सोही दिन महिलाहरुका लागि घैटो फ़ुटाउनि (Pot Breaking ) खेल तथा बालबालिकाहरुका लागि तातो आलु (Hot Potato ) खेल समेत राखिएको हुनाले नर्वेबासी सम्पुर्ण नेपाली जनसमुदायलाई उक्त दिन खेल मैदानमा सहभागी भई भाइचारा र आत्मियता बढाइदिन मन्चका अध्यक्ष बिश्वास बज्गाईले अपिल गरेका छन्।

नर्वेमा बर्षको करिब ६ महिना अत्याधिक चिसो र हिउँ पर्ने भएकोले गर्मी मौसम लागेपछि यहाँका विभिन्न संघसंस्थाहरुले एकआपसमा सौहार्दपुर्ण वातावरणमा नेपाली समुदायहरु बिच मैत्रिपुर्ण प्रतियोगिता आयोजना गर्दै आएको छन् ।

1.jpg

images
प्रकाशित मिति :श्रावण ७, २०७७ बुधवार - ०५:४०:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend