Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

जापानमा मुना थापा आउने, तीजको कार्यक्रम घन्काउने

जापानमा मुना थापा आउने, तीजको कार्यक्रम घन्काउने

सतीश चापागाईं

१६, भाद्र २०७५
images
    बिश्वबन्धु भण्डारी / जापान यसपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको बिषेश अवसरमा जापानवासी नेपाली चेलिहरुलाई छमछमी नचाउन नेपालवाट चर्चित लोकदोहोरी गायीका मुना थापा मगर जापान आउने भएकी छिन् ।   राष्ट्रीय आबिस्कार केन्द्रको सहयोगार्थ नेपाली साझा समाज जापानले आयोजना गर्ने “हरितालिका तिज उत्सव” मा सहभागी हुन गायीका थापा मगर जापान आउन लागेकी हुन् ।     आउँदो सेप्टेम्वर ९ तारिख आईतवारका दिन गुन्मा केनको ओईमाचीमा रहेको ब्राजिलन प्लाज़्मा उक्त कार्यक्रम हुदैछ, चर्चित लोक दोहोरी गायीका थापाले एक भिडीयो सन्देश आफ्नो फेसवुकमा पोष्ट गर्दै जापानवासी नेपालीहरुमा उक्त कार्यक्रममा सहभागी हुन निमन्त्रणा गरेकी छिन् ।     हरितालिका तिज उत्सवमा मुना थापा मगरसगै युवा गायक यदुराम सापकोटा र सुरेन्द्र लामिछानेले आफ्नो सांगितीक प्रस्तुति मार्फ़त चेलीवेटीहरुसंग रमाईलो गर्दैछन् साथमा अर्की लोकदोहोरी गायीका निरु थापाको पनि प्रस्तुति रहने आयोजक संस्था नेपाली साझा समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७५ शनिवार - १८:१२:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend