मेरिल्याण्डका चार संस्थाले संयुक्त रुपमा घरघरमा देउसी भैलो खेल्ने भएका छन ।
एनआरएनए मेरिल्याण्ड च्याप्टर, पाल्पाली संगम मेरिल्याण्ड, गोर्खा समाज मेरिल्याण्ड र साथी बाल्टिमोरले यो कार्यक्रम संयुक्त रुपमा गर्ने सार्बजनिक जानकारी सेयर गरेका छन ।
कार्यक्रम अनुसार मेरिल्याण्डभित्र नेपालीहरु बसोबास गर्ने सबै बस्तिहरुमा देउसी भैलो खेलिने एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीले बताए ।
देउसी भैलोमा यहां रहेका नेपालको चर्चित कलाकारहरु पनि सहभागि हुनेछन ।
एउटा बस्ति वा एउटा टोलमा एक ठांउमा जम्मा हुने र सबैजना संगै खेल्ने योजना रहेको छ । कार्यक्रम अक्टोबर २४ तारिखका दिन हुनेछ ।