दर्पण तिमिल्सिना
ओस्लो,नर्वे
नेपाली स्कुल नर्वेले शुभ दिपावलीको अवसरमा देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ। ३० अक्टोबर, २०२२, आइतबार सम्पन्न कार्यक्रममा नर्वेमा बस्दै आउनुभएका बिभिन्न नेपालीहरुको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा नेपाली स्कुलका बिद्यार्थीहरुले बिभिन्न नेपाली गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए।
एन आर एन ए नर्वे द्वारा संचालित नेपाली स्कुल नर्वे ले नेपाली संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्य सहित देउसी भैलो कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेपाली स्कुल नर्वेका प्रमुख चन्द्र हरि रानाले स्वागत मन्तव्य संगै स्कुलको बार्षिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। साथै स्कुल प्रमुख रानाले नेपाली स्कुल नर्वे लाई आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभाब हरु लाइ धन्यबाद दिनु भएको थियो।
त्यसैगरी कार्यक्रममा गैर आवासीय संघ नर्वेका उपाध्यक्ष राजन अधिकारी, हेल्पिङ्ग ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष बिनोद बस्याल, एन आर एन ए नर्वे आइ सी सी सदस्य राजु अर्याल, प्रबासी मन्च युरोप कमिटिका सचिबालय सदस्य विश्वास बजगाई लगायत नर्वेमा क्रियाशील अन्य नेपाली सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थित रहेको थियो।
बिद्यार्थीहरुको र्याम्प सहित नेपाली राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रमको संचालन खुम ढकालले गर्नु भएको थियो। कार्यक्रममा नेपाली स्कुल नर्वेका विद्यार्थीहरु लिसा, सान्द्रा, अदिती र आरवीले तिहारै आयो लौ झिलिमिली गीतमा नृत्य प्रस्तुत गरेका थिए। उक्त गीतको कोरियोग्राफी संगीता थापाले गर्नुभएको थियो।
त्यस्तै प्रकाश श्रेष्ठको कोरियोग्राफीमा के भन्ने हाम्रो कमाई बोलको गीतमा प्रकाश, रबिन, बिनु, लुकास, सोनाम र भुवनले नृत्य प्रस्तुत गर्नुभएको थियो। त्यसै गरि गोमा, प्रिया, अदिति, संगीता, रिता, प्रबिधी, रसिका र सुमनले विभिन्न नेपाली गीतहरुमा आफ्नो प्रस्तुती दिनुभएको थियो। देउसी भैलो कार्यक्रमका संयोजक भुवन श्रेष्ठ को धन्यबाद मन्तब्य संगै कार्यक्रम समापन भएको थियो।