Logo

आइतवार, कार्तिक ९ गते २०८३   |   2026 October 25

images

images

बालचेत (लघुकथा) ​✍️ प्रार्थना खनाल

बालचेत (लघुकथा) ​✍️ प्रार्थना खनाल

नेप्लिज डायस्पोरा

९, कार्तिक २०८३
images
बालचेत (लघुकथा)    ​✍️ प्रार्थना खनाल

    

​“आमा! स्वस्थ्य हुन त सन्तुलित भोजन खानुपर्छ रे नि!”

 

​भान्सामा खाना पस्किँदै आमाले प्रश्न गर्नुभयो, “कहाँबाट आयो यो कुरा बाबु रघु?”

 

​“हामीलाई स्वास्थ्य विषयमा गुरुआमाले पढाउनुभएको नि, आमा!” रघुले भन्यो।

 

​“अनि, मैले पकाएको खाना अस्वस्थ छ त?” आमाले फेरि सोध्नुभयो।

 

​“अस्वस्थ त छैन, तर सन्तुलित भएन नि आमा! सधैँ दही, दूध, माछा, मासु, हरियो सागसब्जी, दाल आदि जस्ता खानेकुरा त हाम्रा घरमा हुँदैनन्!” रघु अलि ठूलो स्वरमा खानाप्रति चित्त नबुझेझैँ बोल्यो।

 

​छोराको कुरा सुनेर आमाले सम्झाउँदै भन्नुभयो, “बाबु, हामी गाउँका मान्छे! आफ्नो बारीमा विषादी नहाली जे फल्छ, हामी त्यही खान्छौँ। त्यही नै हाम्रो शुद्ध र सन्तुलित भोजन हो। तिमीहरू केटाकेटी दिनभरि खेल्छौ, कुद्छौ, यसले राम्रो कसरत पुग्छ। कसरतले खाना पच्छ, निद्रा लाग्छ र शरीरमा स्फूर्ति बढ्छ।

 

​हामीले खाने गेडागुडीबाट प्रोटिन, सागपातबाट भिटामिन र आइरन पाइन्छ। भात, आलुबाट कार्बोहाइड्रेट मिल्छ। वस्तुभाउ दुहुँदा दही, दूध खाइहाल्छौँ, अनि घरकै कुखुराको अण्डा पनि खाएका छौँ। खै त, हामी पनि त स्वस्थ नै छौँ नि!”

 

​आमाको कुराले झटपट सोच्दै रघुले भन्यो, “हो त नि!”

 

​मुसुक्क हाँस्दै आमाले अन्त्यमा भन्नुभयो, “बुझ्यौ बाबु ? अल्परूपको ज्ञानले मात्र पुग्दैन, जीवन बुझ्न यथार्थ र व्यवहार पनि जान्नुपर्छ।”

 

​— सुकेधारा, काठमाडौँ

 

images
प्रकाशित मिति :कार्तिक ९, २०८३ आइतवार - ११:३४:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend