एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्तले हिन्दु वुद्ध मन्दिर मेरिल्याण्डको नेपाली भाषा पाठशालालाई पुस्तक सहयोग गर्नुभएको छ ।
बरिष्ठ उपाध्यक्ष पन्तले सरस्वती पूजाको पावन दिनको अवसर पारेर पाठशालालाई पुस्तकहरु हस्तान्तरण गर्नु भएको हो । उहांले २ सय ५० वटा पुस्तक पाठशालालाई हस्तान्तरण गर्नु भएको पाठशालामा सक्रिय समाजसेवी तरुण पौडेलले बताउनु भयो ।
पुस्तक हस्तान्तरण गर्न सरस्वती पूजाको दिन उहां मन्दिर मै पुग्नु भएको थियो । पन्तले भाषा पाठशालाका बारेमा विस्तृत जानकारी समेत लिनु भएको थियो । साथै उहांले आफ्ना सुझाबहरु पनि बुंदागत रुपमा राख्नुभएको थियो ।
"बालबालिकालाई नेपाली भाषा र संस्कृती सिकाउनु अति नै स्वागतयोग्य काम हो । त्यहि भएर म एनआरएनए अभियानमा सक्रिय भएको हुं ।" पन्तले भन्नुभयो ।
नेपाली भाषा पाठशालामा २५ बालबालिका भर्ना भएका छन । पाठशालाको पहिलो कक्षा यहि आईतबारबाट शुरु हुदैछ ।