Logo

सोमवार, कार्तिक १० गते २०८३   |   2026 October 26

images

images

लघुकथा चौतारीको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

लघुकथा चौतारीको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

सतीश चापागाईं

३, बैशाख २०८०
images
लघुकथा चौतारीको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न


पाल्पा, २०८० बैसाख २ ।

लघुकथा चौतारीले नयाँ वर्ष लाग्दा लाग्दै साहित्यिक भेटघाट कार्यक्रम अनुष्ठित गरेको समाचार लघुकथाकार गीता चापागाईंले नेप्लिज डायस्पोरा अनलाइनलाई जानकारी गराउनु भएको छ ।

लघुकथाकारहरूको समुपस्थितिमा रमाइलो किसिमले मनाएको नयाँ वर्ष २०८० को भेटघाट कार्यक्रम लाग्दो बैसाखको दिन पशुपतिको सिद्धाचल, मृगस्थलीमा लघुकथा वाचन तथा शुभकामना आदानप्रदान गरेर मनाएको छ ।

लघुकथा चौतारीका अध्यक्ष योगप्रसाद उपाध्याय चापागाईको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो साहित्यप्रेमी मदन पोखरेल । कार्यक्रममा लघुकथाकार अन्जु शर्मा, हाम्रो लघुकथा पाठशालाकी एडमिन वन्दना घिमिरे, योगप्रसाद उपाध्यय चापागाईंले लघुकथा वाचन गर्नु भएको थियो । लघुकथा लेखन विधाबारे इन्दिरा चापागाईंले मन्तव्य राख्नु भएको थियो । त्यसै गरी लघुकथाकार वन्दना घिमिरेले चौतारीमा वाचन गरिएका सम्पूर्ण लघुकथाहरूको समीक्षा गर्नु भएको थियो । प्रमुख अतिथि मदन पोखरेलले शुभकामना शब्दसँगै चौतारी भेटघाट र साहित्यको महत्त्व प्रकाश पार्नु भईको थियो ।


लघुकथा सौन्दर्यका एडमिन श्रीराम राईले सञ्चालन गरेको कार्यक्रममा गीता शर्मा चापागाईं, इन्दिरा चापागाईं, दुर्गा के.सी.ले शुभकामना मन्तव्य दिनु भएको थियो ।


लघुकथा वाचन कार्यक्रम बटुवा तथा स्रोताहरूले निकै समेत निकै चाखपूर्वक सुनेका थिए । छोटो भए पनि कार्यक्रम निकै मीठो अनि स्मरणीयरहेको थियो ।


कार्यक्रमका केही महत्त्वपूर्ण तस्विर झलकहरू :

AA850C90-098C-4355-B304-309D1FAABD28.jpeg
undefined

 

C764F7E4-FF08-4A98-A392-B0A23ACD5FA5.jpeg

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०५:३६:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend