काठमाडौं, जेठ १७
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। प्रवासमा रहेका ८० लाख नेपालीको माग पुराभएको छ ।
राष्ट्रपति पौडेलले बुधबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिकार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
‘नागरिकता विधेयक प्रमाणीकरण गर्न २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लेखी आएकोमानेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तसमेतबमोजिम विधेयक प्रमाणीकरण गरेको छु,’ राष्ट्रपति पौडेलले भनेका छन्।
अघिल्लो संसदले २ पटकसम्म पारित गरेको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरणनगरेपछि राष्ट्रपति कार्यालयमै रोकिएको थियो।
राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकतासम्बन्धी उक्त विधेयक पारित गर्न राष्ट्रपति पौडेलसमक्ष बर्तमान सरकारलेआग्रह गरेपछि विधेयकलाई पुन: सक्रिय बनाईएको थियो ।
र, गत जेठ १२ गतेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णयगरेको थियो ।
राष्ट्रपति कार्यालयमा रोकिएको नागरिकता विधेयकका बारेमा राष्ट्रपति पौडेलले यसअघि कानून व्यवसायीहरूसँगछलफलसमेत गरेका थिए।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्ति यस्तो छ: