यो समयका संगीतकार तथा एरेन्जर ऋदम कंडेल कवि नवराज पराजुलीसंगै अष्ट्रेलियाको टुरमा निस्कने भएका छन् । हुनत कंडेल यतिबेला अष्ट्रेलिया हुनुपर्ने हो तर स्वास्थ्यमा आएको समस्याका कारण अगष्ट १३ को उनको फ्लाईट क्यान्सिलभयो र अगष्ट ३० मा उड्ने तयारीमा छन् ।
नवराज पराजुलीसंग कंडेलले अष्ट्रेलियामा स्टेज शेयर गर्ने कार्यक्रम थियो । उनी समयमा पुग्न नसकेपछि पर्थमाआयोजना गरिएको पहिलो कार्यक्रम छुटेको छ । “मेलबर्न र सिड्नीको कार्यक्रममा संगै हुनेगरी तयारी गरेको छु।” ऋदमलेनेप्लिज डायस्पोरासंग भने ।
पर्थको कार्यक्रममा पराजुलीले कंडेल बिना नै कविता भने । कवि नवराज पराजुलीका प्राय सबै कविताका पछाडी बज्नेधुनका सर्जक ऋदम नै हुन् । नवराज र ऋदमले नेपाल र भारतका धेरै कार्यक्रममा संगै काम गरेका थिए ।
ऋदमले नवराजका कविता बाहेक पनि अरु धेरै नेपाली गीतमा संगीत भर्ने र एरेन्ज गर्ने काम गरिसकेका छन् ।“अष्ट्रेलियाको कार्यक्रममा नवराज पराजुलीलाई कवितामा लाईभ धुन दिनुका साथै मेरा आफ्नै नयां र पुराना गीतहरुपस्कने योजनामा पनि छ ।” ऋदमले भने ।
ऋदम र नवराजको सहकार्य हुन लागेको दुई बर्ष भयो । उनीहरुको सहकार्यलाई धेरैले मन पराएका छन् ।
“यी कार्यक्रमपछि त्यहांका नेपालीसंग घुलमिल गर्ने छौं र नेपाली कला, साहित्य र संगीतका बारेमा केही बुझ्ने कोशिसगर्नेछु ।” ऋदमले भने, “ओभरसिजको यो मेरो पहिलो कार्यक्रम हो । म त बडो रोमान्चक पो भईरहेको छु ।”