Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

युकेमा जान आवश्यकताभन्दा ६ गुणा बढि नर्सले फाराम भरे

युकेमा जान आवश्यकताभन्दा ६ गुणा बढि नर्सले फाराम भरे

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८०
images
युकेमा जान आवश्यकताभन्दा ६ गुणा बढि नर्सले फाराम भरे

नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउनका लागि माग गरिएको आवेदनमा हालसम्म आवश्यकताभन्दा ६ गुणाबढीले आवेदन दिएका छन्। तर, आवश्यक कागजात पूरा गर्नेको संख्या न्यून देखिएको अधिकारीहरूले बताएका छन्।

यद्यपि आवेदनका लागि अक्टोबर १९ सम्मको समय तोकिएकाले उनीहरूले आवश्यक पर्ने सबै कागजात पेस गर्ने समयअझै बाँकी रहेको छ। त्यस अवधिमा पहिले नै फर्म भरेका अधिकांशले आवश्यक कागजात पेस गरिसक्ने र थप अन्यलेपनि आवेदन दिनसक्ने अधिकारीहरू बताउँछन ।

प्रक्रिया सुरु गरिएको एक वर्ष भइसक्दा पनि यूकेमा नर्सहरू पठाउने काम नथालिएको भन्दै आएका खबरहरूलाई भनेअधिकारीहरूले खण्डन गरेका छन् र चाँडै प्रक्रिया पूरा गरेर नर्सहरू पठाइने बताएका छन्।

हालसम्म कतिले दिए आवेदन?
वैदेशिक रोजगार विभागका प्रवक्ता कविराज उप्रेतीका अनुसार हाललाई ‘पाइलटिङ’का रूपमा नेपालबाट १०० जनानर्सहरूलाई पठाउनेगरी यूकेसँग समझदारी भएको छ।

उक्त समझदारी अनुसार यूके जान जाहने इच्छुक नर्सहरूका लागि सरकारले गत जुलाई २० मा गोरखापत्रमा सूचना जारीगर्दै आवेदन माग गरेको थियो।

 

थप समाचारका लागि बिबिसी नेपाली सेवाको यो समाचार पढ्नुहोस् ।

 

 

https://www.bbc.com/nepali/articles/cxrv56l7d45o?

images
प्रकाशित मिति :आश्विन २२, २०८० सोमवार - ०१:५६:५८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend