Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

मगर संघ हङ्कङद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण

मगर संघ हङ्कङद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण

सतीश चापागाईं

२५, मंसिर २०८०
images
मगर संघ हङ्कङद्वारा भूकम्प पीडितलाई राहत हस्तान्तरण

पाल्पा २५ मंसिर २०८० ।

 गत २०८० साल कार्तिक १७ गतेका दिन जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्यूटको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा भौतिक तथा धनजन क्षति भै कयौ मान्छेको ज्यान गुमाउनुका साथै कयौ घाइते भएको सब‌ैलाई विदित‌ै भएको कुरा हो छ ।

उक्त भूकम्प पीडितलाई राहतको लागि यस मगर संघ हङ्कङको पहलमा आर्थिक सङ्कलन गरी हङ्कङ डलर २७,३६०/- अथवा नेपाली रुपैयाँ ४ लाख ८१ हजार ५ सय ५० बराबरको राहत सामाग्री खरिद गरी भूकम्प प्रभावित क्षेत्रमा पुगेर नेपाल मगर संघ केन्द्रीय समितिको अध्यक्ष श्री ज्ञानेन्द्र पुन मगर ज्यूको नेतृत्वमा मिति २०८० मंसिर २०-२१ गतेका दिन उहाँहरू मार्फत राहत वितरण गर्नु भएको थियो ।

           यस राहत कार्यक्रमको लागि हस्तान्तरण गरी सहयोग गर्नु हुने मगर संघ केन्द्रीय समिति र आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण दाता ज्यूहरूलाई मगर संघ हङ्कङ्को तर्फबाट हार्दिक धन्यवाद  ज्ञापन व्यक्त गरेको कुरा यस सस्थाका महासचिव झलक थापा मगर ज्यूले बताउनु  भयो ।


IMG_3842.jpeg

IMG_3840.jpeg

 

 

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १९:२८:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend