लन्डन । एनआरएनए यूकेले आफ्नो कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला गर्ने निर्णय गरेको छ ।
बेलायतमा अचेल नेपाली समुदायका असंख्य कार्यक्रम हुने क्रम बढिरहंदा ‘भेन्यू’ अभाव हटाउन एनआरएनए यूकेले आफ्नो अल्डरसटस्थित कार्यालय सार्वजनिक कार्यक्रमका लागि खुला गर्ने निर्णय गरेको अध्यक्ष प्रेम गाहामगरले जनाए ।
बेलायतका नेपाली समुदायबीच सम्बन्ध थप प्रगाढ बनाउन आफ्नो कार्यालय सार्वजनिक प्रयोजनका लागि खुला गरिएको उनले प्रष्ट्याए ।
'तपाईं आफ्नो व्यक्तिगत समारोह जस्तै– जन्मदिन, पास्नी, पदोन्नतिको खुशीयाली, चाडपर्व आदि र संस्थागत कार्यक्रम अन्तर्गत संस्थाको वार्षिक साधारणसभा, जमघट, नियमित बैठक, गाउंले भेला, चाडपर्व वा जन्मजयन्ती, अन्तरक्रिया कार्यक्रम, स्वास्थ्य शिविर आदि हाम्रो कार्यालयमा गर्न सक्नु हुनेछ', एनआरएनए यूकेले भनेको छ ।
करिब ६०–७० जना सहभागी भएर कार्यक्रम गर्न सकिने र भेन्यूमा निशुल्क चिया–कफी, कुर्सी, ट्वाइलेट जस्ता सुविधा समेत उपलब्ध रहेको जनाइएको छ ।
'तपाईंले कार्यक्रम गर्दा एनआरएनए यूकेको ब्यानर वा लोगो प्रयोग गर्नु पर्दैन । बरु आफ्नै ब्यानर प्रयोग गर्न सक्नुहुनेछ'- गाहामगरले भने ।
कार्यालय ठेगानाः
Non- Resident Nepali Association UK
13 The Arcade
Victoria Road
Aldershot
GU11 1EE UK
Anil Mall
Vice President NRNA UK
Contact +44 7453 328716
Email: [email protected]
URL: www.nrnauk.org