Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न

नेपालको पर्यटन बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न

सतीश चापागाईं

२५, बैशाख २०८१
images
नेपालको पर्यटन  बिषयमा मेरिल्याण्डमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न

एनआरएनए अमेरिकाको ट्रेड एण्ड टुरिज्म कमिटी, युथ, स्टुडेण्ड एण्ड स्पोर्ट्स कमिटी र एनआरएनए मेरिल्याण्ड च्याप्टरको संयुक्त आयोजनामा नेपाललाई किन भ्याकेशनको आईडियल गन्तब्य बनाउने’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

 

 मेरिल्याण्ड राज्यको बाल्टिमोरमा रहेको  पेरिहल लाईब्रेरीमा मे ५ मा  भएको प्रतियोगीतामा ७ जनाले सहभागीता जनाएका थिए । जसमा रोशन सुवेदी, ग्रिमा रेग्मी, सदिक्षा बस्नेत, रुशम राज भट्ट, मोहित जोशी, विशाल रेग्मी र शिमोन शर्मा थिए। 

 

प्रतियोगीतामा ग्रिमा रेग्मी विजेता हुनुभयो भने दोस्रो स्थान सदिक्षा बस्नेत , तोस्रो स्थान रुशम राज भट्ट, चौथो स्थानमा रोशन सुवेदी र विशाल रेग्मी र पाचौं स्थान मोहित जोशी र सिमोन शर्मा हुनुभयो । 

 

 

विजेताले नेपाल जाने फ्रि टिकट र नेपाल घुमघामका विभिन्न प्याकेजहरु पाएका थिए ।

 

एनआरएनए अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडे, NRNA NCC youth vic presedent अनुप खनाल Trade  & Tourism chair सर्वेन्द्र थापा , co - chair महेश भट्टराई , NRNA Maryland chapter कार्यवहाक अध्यक्ष किरण पण्डित लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा निर्णायकको भूमिकामा कुलमणी आर्चाय , डा. उत्तम गौली , केनी शाह , सर्वेन्द्र थापा र डा. पर्शुराम दाहालले गर्नु भएको थियो । 

 

IMG_6793.jpeg

 

वक्तहरुले आफ्नो र आफु जस्ता युवालाई नेपाल किन र के कारणले गर्दा आफ्नो आगामी भ्याकेशन गन्तब्य हो र हुनुपर्छ भन्नेमा आआफ्नो विचार व्यक्त गर्नुभएको थियो। 

 

कार्यक्रमा एनआरएनए अमेरिकाका अध्यक्षले कार्यक्रम सफल भएको र दोस्रो पुस्तालाई NRNAको कार्यक्रममा सहभागीता गराउन भुमिका खेलेको बताउनु भयो ।

 

Youth VP अनुप खनालले Youth लाई समावेश गरेर आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो साथै अन्य यस्ता कार्यक्रम भविष्यमा हुने कुरा व्यक्त गर्नु भयो।

 

Trade and Tourism committee chair थापाले यो सुरुवात भएको र यस्ता कार्यक्रम गर्दै युवा पुस्तालाई सहभागी बनाउँदै हरेक वर्ष अमेरिकाबाट १ लाखको संख्यामा हुने Tourist को संख्या २०२४/२०२५ सम्ममा दोबर हुने कुरामा जोड दिनुभयो । 

 

कार्यक्रमा स्वागत मन्तव्य दिदै च्याप्टरका सचिव गोविन्द सापकोटाले सबैलाई स्वागत गर्दै युवा सहभागिता हुने कार्यक्रम NRNAले अरु पनि गदै युवालाई यसमा सहभागिता बढाउदै लैजाने विचार व्यक्त गर्नु भयो।

 

यस्तै chapter कार्यवाहाक अध्यक्ष्य किरण पण्डितले यूवा लक्षित यो कार्यक्रम Trade and Tourism committee ले गर्नु नै आफैमा एक सफल कदम रहेको र यस्ता युवा लक्षित कार्यक्रम हुनुपर्ने र यसले नेपलमा Tourist को संख्या मात्र नभई दोस्रो Generation लाई नेपाल बुझ्ने मौका समेत हुने कुरा बताउनु भयो। 

 

कार्यक्रम सञ्चालन सनम थापा  ले गर्नु भएकोमा यस कार्यक्रमका एक संयोजक तथा Trade and Tourism committee का cochair महेश भट्टराईले उपस्थित सबैलाई, स्पोन्सरहरुलाई धन्यवाद ज्ञापन गर्नुका साथै अन्य राज्यमा पनि यस्ता कार्यक्रम हुनुपर्ने र नेपालको पर्यटन विकासमा सबैले आआफ्नो ठाउँबाट योगदान दिनु पर्ने विचार व्यक्त गर्नु भयो। 

images
प्रकाशित मिति :बैशाख २५, २०८१ मंगलवार - ०९:१४:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend