Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

सर्वोच्च अदालतको चियापानमा राष्ट्रपती सरिक

सर्वोच्च अदालतको चियापानमा राष्ट्रपती सरिक

सतीश चापागाईं

२६, बैशाख २०८१
images
सर्वोच्च अदालतको चियापानमा राष्ट्रपती सरिक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कानुन दिवस २०८१ को अवसरमा सर्वोच्च अदालतले बुधबार अदालत परिसरमा आयोजना गरेको चियापान कार्यक्रममा सरिक हुनुभयो ।

कार्यक्रममा प्रथम महिला सबिता पाैडेल पनि  उपस्थित हुनुहुन्थ्यो ।

साे अवसरमा राष्ट्रपति पाैडेललाई  प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले पुष्पगुच्छा दिएर स्वागत गर्नुभयो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, कानुन व्यवसायी, उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावहरुको सहभागिता रहेको थियो ।

IMG_6806.jpeg

 

IMG_6807.jpeg

images
प्रकाशित मिति :बैशाख २६, २०८१ बुधवार - १७:३०:४३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend