Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भेटवार्ता

एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भेटवार्ता

नेप्लिज डायस्पोरा

१७, आषाढ २०८१
images
एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच बालकोटमा भेटवार्ता

भक्तपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच ओलीनिवास बालकोटमा भेटवार्ता भएको छ ।

एमाले अध्यक्ष ओलीलाई भेट्न सभापति देउवा श्रीमती आरजु देउवा राणासहित बालकोट पुग्नु भएको थियो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

एमाले अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले उहाँहरुबीच समसामयिक राजनीतिक विषय, देशको वर्तमान अवस्था र विभिन्न विषयमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एमाले अध्यक्ष र कांग्रेसका सभापतिबीच नियमित भेटघाट हो, ठाउँ मात्रै फरक हो, केहीदिन अघि पनि सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसहित उहाँहरुबीच भेटवार्ता छलफल भएकै हो ।”

images
प्रकाशित मिति :आषाढ १७, २०८१ आइतवार - ०५:०९:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend