Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा सक्रिय नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार

अमेरिकामा सक्रिय नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार

सतीश चापागाईं

१, कार्तिक २०८१
images
अमेरिकामा सक्रिय नेपाली मिडिया खसोखासलाई अमेरिकामा १ लाख डलरको पुरस्कार

अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि संचालित सामुदायिक संचारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ । स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि १ लाख डलर राशीसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो । 

स्थानीय समाचारलाई पुन: कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फर्वार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो । प्रेस फर्वार्डले मूलधारका सञ्चारमाध्यमहरूमा  परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ।

'प्रेस फर्वार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी अविश्वसनीय रूपमा गर्वको अनुभव गरिहका छौं। यो निशर्त प्रदान गरिएको १ लाख डलर हाम्रो लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३  वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले भने । यो सहयोगले खसोखासलाई अमेरिकामा रहेको नेपाली समुदायलाई अत्यावश्यक समाचार र श्रोतहरु प्रदान गर्ने मिशनलाई जारी राख्न सशक्त बनाउने उनले बताएका छन् । 

अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रुपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरुदेखि न्युयोर्कको क्वीन्स र बाहिरका स्थानीय समाचारहरू सम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा रहेको छ।  सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्णरुपमा डिजिटल बनेको खसोखासले वर्षौंदेखि नेपाली समुदायलाई महत्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमुलक सामाग्रीहरु प्रकाशित गर्दै आएको छ । 

यो पुरस्कारले खसोखासलाई नेपाली डायस्पोराका महत्वपूर्ण कथाहरू समेट्ने, उच्च गुणस्तरको स्वतन्त्र पत्रकारिता प्रदान गर्ने खसोखाको क्षमतालाई अभिवृद्धि गर्ने,  रिपोर्टिङ विस्तार गर्न र यसको डिजिटल उपस्थिति सुधार गर्न सक्षम बनाउने तथा थप पाठकहरूसम्म पुग्न मद्दत गर्ने खसोखासको अपेक्षा रहेको छ । 

यस नयाँ अध्यायको भागको रूपमा हामी पाठक र समर्थकहरुलाई यो कोसेढुङ्गा मनाउन हामीसँग सामेल हुन आमन्त्रित गर्दछौं। हामी हाम्रो समुदायको सेवा गर्न जारी राख्छौं र स्थानीय पत्रकारितालाई समर्थन गरेर हाम्रो विकासको अर्को चरणमा सहभागी हुन सबैलाई आमन्त्रित गर्दछौं, प्रधान सम्पादक किशोर पन्थीले भने।

 

 

प्रेस फर्वार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर  लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउण्डेशनबाट संचालित राष्ट्रिय अभियान हो। यो स्थानीय समाचार कक्षहरू सुदृढ गर्न, पत्रकारिता कभरेजमा लामो समयदेखि रहेको खाडलहरू बन्द गर्न, स्थानीय समाचारहरूमा पहुँच विस्तार गर्ने सार्वजनिक नीतिलाई अगाडि बढाउन  र स्थानीय पत्रकारितामा फस्टाउन आवश्यक पूर्वाधारको मापन गर्न ४ सय मिलियन  डलरभन्दा बढी लगानी गर्ने राष्ट्रिय गठबन्धन हो, जसमा नाइट फाउण्डेशन, लुमिना फाण्डेशन, फोर्ड फाउण्डेशन, डेमोक्रेशी फण्ड जस्ता अमेरिकाका ६० भन्दा बढी प्रतिष्ठित र चर्चित दातृसंस्थाहरु समावेश छन् ।

images
प्रकाशित मिति :कार्तिक १, २०८१ बिहिवार - ०७:४१:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend