Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

मगरहरुले मनाउने माघ्या सकराटी पर्व कतारमा पनि भब्य भयो

मगरहरुले मनाउने माघ्या सकराटी पर्व कतारमा पनि भब्य भयो

नेप्लिज डायस्पोरा

२९, पौष २०८१
images
मगरहरुले मनाउने माघ्या सकराटी पर्व कतारमा पनि भब्य भयो

दोहा– कतारमा पनि मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको छ।

 

 

नेपाल मगर संघ कतारको आयोजनामा मगर मिनाम ल्हेश ५०१८) २०२५ को अवसरमा शुभकामना अदान प्रदान, वनभोज तथा विविध संस्कृतिक कार्यक्रम गरि मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व भब्य रुपमा मनाईने भएको हो।

 

सम्पूर्ण मगरहरुको एकता अहिलेको आवश्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको संस्थाले अगामी शुक्रबार जनवरी १७ तारिक अबुहमुरस्थित आईडियल इन्डियन स्कुलमा बिहान १० बजेदेखि कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रेशम आले मगरले जानकारी दिएका छन।

 

कार्यक्रममा नेपालबाट आउने चर्चित लोक तथा दोहोरी गायिका सम्झना लामिछाने मगरको पनि प्रस्तुति रहने छ।

 

कार्यक्रममा नेपाल मगर संस्कृतिक टीमका स्थानीय कालाकारहरुको समेत साङ्गितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

 

कार्यक्रममा सहभागी हुन चाहनु हुने दर्शकहरुका लागि संस्थाले कतारको विभिन्न स्थानहरुबाट नि:शुल्क यातायात समेत व्यवस्था रहेको आयोजकले जनाएको छ।

 

कार्यक्रमको तयारी तिव्र रुपमा भईरहेको जानकारी गराउदै कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, कलाकार, साहित्यकार, व्यवसायी, पत्रकार, समाजसेवी लगायत कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनीहरु उपस्थित भई कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल बनाईदिन आयोजकले सम्पुर्णमा आग्रह समेत गरेको छ।

images
प्रकाशित मिति :पौष २९, २०८१ सोमवार - १६:४३:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend