Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

राष्ट्रपतिसमक्ष ५ वटा अध्यादेश सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

राष्ट्रपतिसमक्ष ५ वटा अध्यादेश सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

सतीश चापागाईं

१, माघ २०८१
images
राष्ट्रपतिसमक्ष ५ वटा अध्यादेश सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय छ । पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

 

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।

 

बैठकले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण ऐन, २०५० लाई संशोधन गर्न बनेको अध्यादेश र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सिफारिस गर्ने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :माघ १, २०८१ मंगलवार - १५:५८:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend