Logo

शनिवार, आश्विन ३ गते २०८३   |   2026 September 19

images

images

मेरिल्याण्डभित्र नोटरी गर्नुपरे राजेशलाई सम्झनुहोस

मेरिल्याण्डभित्र नोटरी गर्नुपरे राजेशलाई सम्झनुहोस

नेप्लिज डायस्पोरा

२१, बैशाख २०८२
images
मेरिल्याण्डभित्र नोटरी गर्नुपरे राजेशलाई सम्झनुहोस

अमेरिकाको मेरिल्याण्ड राज्यमा लामो समय देखि बस्दै आएका स्वास्थ्य बिमामा समेत संलग्न रहेका राजेश के रजक मेरिल्याण्ड राज्यका लागि प्रमाणित सार्वजनिक नोटरी अधिकारी भएका छन् ।

केही समय अगाडी मेरिल्याण्ड राज्यको प्रमाणित सार्वजनिक नोटरी बनेका उनि नेपाली समुदायलाई नोटरी सेवाको आवश्यकता परेमा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

 

IMG_6735.jpeg

 

साथै उनले सबै समुदायलाई यो जानकारी पुगेमा समुदायले सस्तो, भरपर्दो र सेवा समेत प्राप्त गर्न सरल होस् भन्ने हेतुलाई ईनेप्लिजलाई सूचित गराएका छन् ।

प्रमाणित सार्वजनिक नोटरी अर्थात् कानुनी कागजातहरूमा हस्ताक्षर प्रमाणीकरण गर्ने अधिकृत व्यक्तिलाई भनिन्छ । ईनेप्लिजलाई बताए अनुसार राजेशले रियल इस्टेट सम्बन्धी कागजातहरू ,पावर अफ अटर्नी (अभिकर्ता अधिकारपत्र वा प्रतिनिधि नियुक्ति पत्र )ऋण सम्झौतामा हस्ताक्षर,एफिडेभिट अर्थात् अभिकर्ता अधिकारपत्र वा प्रतिनिधि नियुक्ति पत्र तथा अन्य कानुनी कागजातहरूमा प्रमाणित गर्ने बताए ।

RAJESH-3.jpg

साथै राजेश जीवन बीमा, अवकाश योजना र पारिवारिक वित्तीय योजना सहित पूर्ण वित्तीय सेवा पनि प्रदान गर्दछन ।

मेरिल्याण्ड राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई नोटरी(लेख्य प्रमाणक) सम्बन्धी जानकारी चाहिएमा राजेश के रजक सँग सिधै सम्पर्क गर्न सकिने छ ।

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - १८:४९:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend