Logo

शनिवार, आश्विन ३ गते २०८३   |   2026 September 19

images

images

म्यान्मारमा बौद्ध उत्सवमा आक्रमण हुँदा कम्तीमा ४० को मृत्यु, ८० घाइते

म्यान्मारमा बौद्ध उत्सवमा आक्रमण हुँदा कम्तीमा ४० को मृत्यु, ८० घाइते

नेप्लिज डायस्पोरा

२२, आश्विन २०८२
images
म्यान्मारमा बौद्ध उत्सवमा आक्रमण हुँदा कम्तीमा ४० को मृत्यु, ८० घाइते

मध्य म्यानमारमा धार्मिक उत्सव र प्रदर्शनका क्रममा भएको प्यारामोटर आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन्।

सञ्चारमाध्यमहरूका अनुसार सोमबार साँझ चाउङ-यू टाउनशिपमा भएको थाडिङ्युट महोत्सवमा ठूलो संख्यामा मानिस सहभागी भएका थिए।

आक्रमण हुने सुइँको पाएपछि केही भागे पनि धेरैले यसबारे थाहा नपाएको बिबिसीले लेखेको छ।

यो पर्व बौद्ध परम्परासँग जोडिएको छ। अधिकारीका अनुसार मोटराइज्ड प्याराग्लाइडरबाट भीडमाथि दुईवटा बम खसालिएको थियो।
 
यस उत्सवमा जुन्टाको नीतिको विरुद्धमा मैनबत्ती बालेर विरोध प्रदर्शन पनि भइरहेको थियो।
 
सन् २०२१ मा भएको सैन्य विद्रोहदेखि म्यानमार गृहयुद्धको अवस्थामा छ।
 
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार अहिलेसम्म द्वन्द्वमा पाँच हजारभन्दा बढी नागरिक मारिएका छन्।

images
प्रकाशित मिति :आश्विन २२, २०८२ बुधवार - २२:२२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend