Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रतिक्षा मै बोलको नयां गीत भिड्यो सहित सार्बजनिक (भिडियो सहित)

प्रतिक्षा मै बोलको नयां गीत भिड्यो सहित सार्बजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१२, आषाढ २०८२
images
प्रतिक्षा मै बोलको नयां गीत भिड्यो सहित सार्बजनिक (भिडियो सहित)

चर्चित गीत 'चाईनेजो जिन्दगानीमा' गायिका सलिना बिकको स्वरमा 'प्रतीक्षामै' बोलको नयां गीत सार्वजनिक भएको छ। 

 

स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द रहेको यो गीतमा राजेश कुमार श्रेष्ठको संगीत छ। भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र बिना राउतको अभिनय छ। 

 

गर्भ तुहिनु महिलाको आफ्नो दोष नभइ उमेर, थाइराइड, पिसिओएस र वंशाणुगतजस्ता कारणहरूले असर पार्नसक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश भिडिओमार्फत दिन खोजिएको छ ।

 

सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी यसको भिडिओमा देख्न सकिन्छ। 

 

भिडियोमा देव दोर्जे लामाको छायांकन र अनन्त घिमिरेको सम्पादन छ।

 

'जिरो आवर्स डिजिटल' नामक युट्युबमा भिडियो सार्वजनिक भएको छ।

 

भिडियो हेर्नुहोस:

 

images
प्रकाशित मिति :आषाढ १२, २०८२ बिहिवार - २१:०४:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend