सम्पूर्ण आजिवन सदस्यहरूमा हार्दिक अपिल
आगामी जुलाई ७,८,र ९ तारीक २०२६ मा हुन गईरहेको अनेसास केन्द्रिय कार्यसमितिको महासचिब पदमा मेरिल्याण्ड निवासी सहदेव कोइराला उम्मेद्वार बन्नु भएकोछ।
नेपाली भाषा,साहित्य,कला र संस्कृतिको उत्थान , विकास, विस्तारका साथ साथै यससंस्थाको दीगो विकासका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्नु हुन्छ ।
भोलिको अनेसास परम्परागत शैलिमा कवि गोष्टी र सभा सम्मेलन गरेर मात्र संस्था दीगो विकास तिर अघि बढन सक्दैन र सबैलाई समेटेर अगाडि बढन पर्दछ भन्ने मेरो बुझाईछ।
गर्ने कार्यहरू सार संक्षेपः
(१)अनेसासको विधानमा भएको ब्यबस्था अनुसार कार्य गर्ने।
(२)नवोदित नेतृत्वको पहिचान, विकास र पुस्तान्तरण गर्ने
(३)नेपाली भाषा, साहित्य, कलार संस्कृसिको उत्थानमा नयॅा संभावनाको खोजि गर्दै दीगो विकास तिर अघि बढने।
(४)च्याप्टरहरूको ब्यवस्थापन, आर्थिक पारदर्शिता,सक्षम र सवल बनाउन कार्यक्रमहरू संचालन गर्ने र संस्थालाई गुणात्मक बनाउने।
(५) आय आर्जनको नयॅा संभावनाहरू खोजि गर्ने र सो बमोजिम कार्य गर्ने, गराउने।
(६) समावेशी अन्तराष्ट्रिय संस्था बनाउने।
(७)प्रत्येक आजीवन सदस्यहरूको ब्यक्तिगत बिबरण तयार गरी वेबसाईडमा राख्ने र प्रत्येक ३/३ महिनामा अधावधी गरिदै संस्थालाई सूचनामुलक बनाउने।
सहदेव कोइराला
सर्जक:कवि,लेखक,गीतकार,संगीतकार,गायक,नाटककार,निर्देशक,कलाकार र समाजसेवी।
YouTube: Sahadev Koirala’s official.
TikTok ID: Sahadev _Koirala1
ठेगाना: Maryland, USA
Email: [email protected]
शिक्षा: MS.USA,PG (UK) MPA,MA,BL,and BA (Jouralism) Nepal.

पुरस्कार र सम्मान:
गोरखा दक्षीण बाहु, दैवी प्रकोप उद्धार पदक, रेडियो नाटक महोत्सव पुरस्कृत ( लेखक तथा निर्देशन ), रेडियो नेपाल बालगीत सम्मेलन,२०४१ प्रथम (रचना)।
प्रकाशित कृति:
(१) सामान्य ज्ञान,२०५०, (२) निम्तो कविता संग्रह,२०७६, (३) खोज्दा खोज्दै गीत संग्रह,२०८१।
(४) रेडियो नेपालमा दर्जनौ गीत र नाटकहरु रेकर्डिंग।
(५) गोरखापत्र, झंकार लगायत थुप्रै पत्र पत्रिकाहरुमा गीत,कविता,कथा र लख रचनाहरु प्रकाशित।
अभिनय:
(१) हेर्दा हेर्दै, सुन्दर सपना लगायत थुप्रै म्युजिक भिडियोहरुमा अभिनय।
(१) रंगमन्च तर्फ: एक मुठी सिंदूर निर्देशन र अभिनय,भोको घर, अन्तत मीरा गइनमा नाटकहरुमा अभिनय।

गीत, संगीत र गायन:
शिव शंकर, दिप श्रेष्ठ, बासुदेव मुनाल,रामकृष्ण ढकाल,राजेस पायल राई, रचना रिमाल, रचना रिमाल,शिशिर योगी,तारा थापा, नुपुर भट्टाचार्य , सपनाश्री, दिब्य खालिंग, प्रेम खडका, मिरा राणा लगायत थुप्रै गायक/ गायिकाहरुले मेरो शब्द रचनाहरुमा संगीत र स्वर दिएका।
समाज सेवामा संलग्नता:
(१) घशाविस आजीवन सदस्य ( पूर्व कार्यकारी सदस्य), (२) कोसेस आजीवन सदस्य ( पूर्व केन्द्रिय सदस्य),(३) PAAN आजीवन सदस्य, (४) CAMAD आजीवन सदस्य, (५) नेपाल रेडक्रस सोसाइटी मोरंग पूर्व सदस्य,(६) शिक्षा आयोग मोरंग पूर्व सदस्य,(७) डि.नाभ स्मृति प्रतिष्ठानको संरक्षक,आजीवन सदस्य,(८)BDA आजीवन सदस्य,(९) अनेसास आजीवन सदस्य,ट्रष्टि एवम् महासचिब मेरिल्याण्ड च्याप्टर।
अनेसासको संगठनात्मक परिवर्तन, नीतिगत सुधार र वैचारिक विस्लेषणको आधारमा संस्थालाई नयॅा गतिदिनु पर्ने टडकारो आवस्यकता ठानेकोछु। त्त्यसैले अनेसासको गतिसिलता र सकारात्मक परिवर्तनका लागि महासचिबको पदमा आफ्नो अमूल्य मत (Vote) दिएर मलाई विदयी बनाएर सुधारका सुवर्ण अवसर प्रदान गर्नु हुन सम्पूर्ण मतदाताहरूमा हार्हिक अनुरोध गर्दछु। धन्यवाद।

