Logo

सोमवार, भाद्र १ गते २०८३   |   2026 August 17

images

images

शुशिल खत्री जनसम्पर्कको यूवा उपाध्यक्ष उठ्ने

शुशिल खत्री जनसम्पर्कको यूवा उपाध्यक्ष उठ्ने

नेप्लिज डायस्पोरा

२९, श्रावण २०८३
images
शुशिल खत्री जनसम्पर्कको यूवा उपाध्यक्ष उठ्ने

बाल्टिमोर, मेरिल्यान्ड — नेपाली जनसम्पर्क समिति, अमेरिकाको तेस्रो ऐतिहासिक केन्द्रीय अधिवेशनमा भक्तपुरको चाँगुनारायण नगरपालिका स्थायी घर भई हाल बाल्टिमोर, मेरिल्यान्डमा बस्दै आएका युवा नेता सुशिल खत्रीले Youth Vice President (युवा उपाध्यक्ष) पदमा उम्मेदवारी दिने बताएका छन्।

बाल्यकालदेखि नेपाली कांग्रेसमा आबद्ध खत्री नेपालमा रहँदा नेविसंघ र पार्टीका महाधिवेशन, निर्वाचन तथा विभिन्न राजनीतिक अभियानमा सक्रिय थिए। विशेष महाधिवेशन सफल बनाउन सक्रिय भूमिका खेलेका उनले पार्टी सभापति गगनकुमार थापाको आईटी टिममार्फत समेत काम गरि नेपाली कांग्रेस पक्षमा मत आह्वान गर्नु भएको थियो।

सन् २०१९ मा अमेरिका आएदेखि खत्री नेपाली जनसम्पर्क समिति अमेरिकामा सक्रिय रहँदै संगठनको अधिवेशन समयमै गराउन निरन्तर आवाज उठाउँदै आएका छन्। हाल उनी केन्द्रीय अधिवेशन तयारी समितिको मिडिया तथा प्रचार–प्रसार समिति सहसंयोजक तथा स्थानीय स्वयंसेवक परिचालन समितिको संयोजकका रूपमा समेत अधिवेशन सफल बनाउन सक्रिय छन्।

युवा उपाध्यक्षमा उम्मेदवारी दिनुको कारणबारे खत्री भन्छन्, “मलाई विभिन्न क्षेत्रबाट महासचिवमा उम्मेदवारी दिन सुझाव र सल्लाह  आएको थियो। तर नेपाली कांग्रेस अग्रजहरूको अनुभव र युवाहरूको जोस तथा भरोसाको संयोजनबाट अघि बढ्ने पार्टी भएकाले अहिले Youth Vice President मा उम्मेदवारी दिएको हुँ।”

उनले आफ्नो उम्मेदवारीको उद्देश्यलाई अझ स्पष्ट पार्दै भने, “मेरो पद Youth Vice President भए पनि मेरो काम युवाहरूको ‘Voice President’ बन्ने हो। अमेरिकाभरिका युवाको आवाज, विचार र समस्यालाई संगठनको नेतृत्वसम्म पुर्‍याउँदै उनीहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्न चाहन्छु।”

स्थानीय सामाजिक संघ–संस्थामा समेत सक्रिय खत्री समाजमा सकारात्मक काम गर्ने र संस्थाभित्र गलत प्रवृत्ति देखिएमा प्रश्न उठाउन सक्ने युवाका रूपमा परिचित छन्। “युवाहरूको जोस र अग्रजहरूको अनुभव नै जनसम्पर्कको वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र हो,” भन्ने उनको मान्यता छ।

अधिवेशन तयारीकै क्रममा खत्रीको पहलमा नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेको उपस्थितिमा अमेरिकाभरिका च्याप्टर सभापतिहरूसँग विशेष जुम अन्तरक्रिया आयोजना गरी अधिवेशन र संगठनबारे राय, सुझाव तथा सल्लाह संकलन गरिएको थियो।

 

त्यसैगरी, अन्य युवा साथीहरूसँग मिलेर उनले “हामी जोडियौँ, हामी जोडिँदै जानेछौँ” अभियान सञ्चालन गर्दै युवा तथा अग्रजहरूलाई संवादमा जोड्ने र जनसम्पर्क समितिको अधिवेशनलाई सक्रिय रूपमा अगाडि बढाउने प्रयास गरेका छन्।

अग्रजहरूको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा, विचार र प्रविधिलाई संगठनसँग जोड्ने तथा अमेरिकाभरिका युवाको सशक्त आवाज बन्ने प्रतिबद्धतासहित खत्री तेस्रो ऐतिहासिक अधिवेशनमा युवा उपाध्यक्षको प्रत्याशी बनेका छन्।

images
प्रकाशित मिति :श्रावण २९, २०८३ शुक्रवार - ०७:२२:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend