Logo

शुक्रवार, कार्तिक १४ गते २०८३   |   2026 October 30

images

images

नागरिकता कि कागजी खोस्टो (कविता)

नागरिकता कि कागजी खोस्टो (कविता)

नेप्लिज डायस्पोरा

१२, कार्तिक २०८३
images
नागरिकता कि कागजी खोस्टो        (कविता)

 

 

अर्जुनराज पन्त

​हैन भनौं नागरिकता नै हो,

हो भनौं भने गाइजात्रा भैगो

​भिसा लगाई स्वदेशमा जाऊ,

आफ्नै खल्तिको मागेर खाऊ।

 

​नागरिक भनी संविधानले भन्छ,

भिसा लगाउने फेरि कानुन बन्छ।

​छ यस्तो अवस्था यो चारै दिशा,

स्वदेशी माथि नै को लाउँछ भिसा

 

​बस्नु छ लाइन नागरिकता बोकी,

देशैको पो यहाँ उपहास भो कि

​विदेशी भैया विना रोकटोक छिर्छ,

नेपाली आफ्नैले भिसा शुल्क तिर्छ।

 

​बहुपासपोर्टधारी मन्त्री सम्म भा'छन्,

सहि बाटो हिँड्नेले ठक्कर खा'छन्।

​रेमिट्यान्समा बाँच्दा नि के बदला दिए,

नागरिकता भन्दै के दिए-दिए

 

​देखाएर केही कुरा किन्न खोज्दा,

चल्दैन यो कार्ड, सिमकार्ड नि दिन्न भन्दा

​मालपोतले भन्छ, यो चाहिँ लिन्न,

बैंकले नि भन्छ, यो खाता दिन्न ।

 

न चिन्छ मालले, न लिन्छ खालले,

बेहत्तर बनायो सरकारी चालले।

​जिउँदो त हो रे, तर प्राण छैन,

नागरिकता हो रे, अधिकार हैन ।

 

​सकिन्न भने अधिकार दिन,

खोस्टा त्यसरी बाँड्नु पो किन?

​पढेर हेर त संविधानमा के छ,

देऊ न त्यही कुरा जुन लेखिएको छ।

 

​नदेऊ राजनीतिक अधिकार बरु,

भोग गर्न देऊ लेखिएका अरू।

​बिर्को ढाकेर खाली भाँडो राखेर,

भरिन्न कहिल्यै पानी थापेर।

 

हराउँछ चङ्गा धागो चुँडिएपछि,

फुल्दैन कमल तलाउ सुकेपछि।

​नागरिकता भन्दै एक खोस्टो दिए,

भन्दिए हुन्छ बरु गैरआवासीय ।

 

​— बाग्लुङ, मूलपानी

images
प्रकाशित मिति :कार्तिक १२, २०८३ बुधवार - १०:०५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend