Logo

बुधवार, कार्तिक १९ गते २०८३   |   2026 November 04

images

images

रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि चयन

रामकृष्ण ढकालको ‘अचेल पाइलै पिच्छे’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि चयन

सतीश चापागाईं

२१, भाद्र २०७५
images
सतिश चापागाईं बाल्टिमोर/अमेरिका साहित्यकार कृसु क्षेत्रीको शब्द, गायक रामकृष्ण ढकालको स्वर र हिमाल सागरको संगीत रहेको एउटा अब्बल गीतले अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको छ । ‘अचेल पाइलै पिच्छे’ भन्ने गीत अमेरिकाको न्यूजर्सीमा आयोजना भइराखेको गोल्डेन डोर इन्टरनेसनल फिल्म फेस्टिवल अफ जर्सी सिटी नामक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि चयन भएपछी यसको चर्चा चुलिएको हो र पहिचान फराकिलो भएको हो । महोत्सवमा यो गीतसँगै झन्नै ९२ मुलुकका अन्य म्युजिक भिडियोहरु छानिएका छन् । नेपालबाट यो म्युजिक भिडियो मात्र चयनमा परेको हो । यो गीतका तिनै जना स्रष्टाहरु नेपालका चर्चित व्यक्तित्वहरु हुन् । शब्द रचना गर्ने कृसु क्षेत्री चर्चित साहित्यकार हुन् । उनी अमेरिकाको न्युयोर्कमा रहेको दुताबासमा नेपाल सरकारका महाबाणिज्य दुत हुन् । रामकृष्ण ढकाल नेपालका पहिलो नम्बरका आधुनिक गायक हुन् । हिमाल सागर पनि चर्चित गायक तथा संगीतकार हुन् । हालै साझा प्रकाशनबाट ‘चराको गीत’ नामक चर्चित कविता संग्रह प्रकाशन गरेका चर्चित साहित्यकार कृसु क्षेत्रीको पुरानो गजललाई आधुनिक संगीतको स्वादमा तयार गरिएको हो । उक्त म्युजिक भिडियोको निर्देशन युवा निर्देशक बिक्की पुलामीले गरेका छन् । यस चयनले आफु अत्यन्त खुशी भएको अमेरिका-क्यानडाको सांगीतिक भ्रमणमा रहेका गायक रामकृष्ण ढकालले बताए । "भर्खर रचनाकार कृसु क्षेत्रीसंग कुरा भयो । उहाँ झन् धेरै खुशी हुनु भएको छ । हाम्रो गीत संगीतले अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएकोमा हामी पुरै टिम खुशी छौं ।" अमेरिकाको न्युयोर्कमा रहेका गायक ढकालले नेप्लिज डायस्पोरासंग खुशी साटासाट गरे । मानवीय जीवनको सफलता असफलता आरोह अवरोहलाई उल्लेख गरिएको यो गीत सुगम संगीतका श्रोताहरुले निकै रुचाएको समेत पाइएको छ । आगामी २० सेप्टेम्बरदेखि २३ सेप्टेम्बर सम्म चल्ने यो प्रतियोगितामा रामकृष्ण ढकालको गीत सम्मानित भएमा अन्तर्राष्ट्रिय सम्मान पाउने पहिलो नेपाली म्युजिक भिडियोसमेत हुने छ । आफ्नो म्युजिक भिडियो चयन भएकोमा युवा निर्देशक बिक्की पुलामीले हर्षित हुँदै आफूलाई अत्यन्त गर्वको अनुभूति भएको र यो भिडियो अन्तर्राष्ट्रिय सम्मानबाट पुरस्कृत हुने आशा समेत रहेको बताए । रामकृष्ण ढकालले गाएको उक्त गीतको म्यजिक भिडियोको लिंक यहाँ प्रस्तुत छ । https://youtu.be/Z3LgmrlEeek  

images
प्रकाशित मिति :भाद्र २१, २०७५ बिहिवार - १८:२६:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend