अमेरिकामा बनेको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपाल न्यु योर्कमा रेड कार्पेट सहित प्रदर्शन भएको छ ।
फिल्मका कलाकारहरु सेतो लिमोजिनबाट झरेर रेड कार्पेटमा पुगेका थिए । साथै दर्शकहरु पनि त्यहाँ आफ्ना कलाकारहरुसंग र एक्लै पनि रेड कार्पेटमा तस्बिर खिचाईरहेका देखिन्थ्ये ।
एकै दिन दुई शो प्रदर्शन गरिएको यो फिल्मको प्रदर्शनपछि दर्शकहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । अमेरिकामा फिल्म बनेर सयौं दर्शकहरुका बीचमा प्रदर्शन हुनु आफैमा गौरबको क्षण भएको धेरैको प्रतिक्रिया थियो ।
कार्यक्रममा बोल्दै न्युयोर्कका लागी नेपाल सरकारका बाणिज्य दुत कृसु क्षेत्रीले चलचित्रले अमेरिकाको नेपाली जनजीवनको चित्रण गरेको बताउदै हिडेर आएका र गैर कानूनी रुपमा बसोबास गर्ने हरुको बिषयबस्तु पनि भएको भए अझै राम्रो हुने प्रतिक्रिया दिए ।
क्यानडा बसोबास गर्ने यो फिल्मका निर्देशक ईश्वर राना अमेरिकाका नेपाली कलाकार र दर्शकहरुको माया र सहयोगले यो सबै सम्भव भएको संचारकर्मी समक्ष बताए ।
"म र ईश्वर जी को कफी गफबाट यो प्रोजेक्ट शुरु भएको हो । समयक्रममा ठुलो टिम पनि बन्यो अनि चलचित्र बन्यो र आज सफल प्रदर्शन भयो " फिल्ममा खेलेका र यसका निर्माता मध्येका एक प्रवेश उप्रेती पाउलले कार्यक्रममा सबै समक्ष खुशी हुदै भनेक थिए ।
चलचित्र डब्बा भएन यो फिल्मका संगीतकार, गायक र गेष्ट आर्टिष्ट बाबु बोगटीले भने । "अमेरिकामा आएर पनि नेपाली चलचित्रका दर्शकको लागि केहि योगदान दिन पाएकोमा खुशी छु" नायिका नन्दिता के.सीले भनिन ।
यस फिल्मका नायक ईशान ढकाल म्युजिक भिडियो मार्फत यहाँसम्म आएका हुन् ।यो उनको पहिलो चलचित्र हो । आफ्नो र चलचित्रको चर्चाले उनि पनि धेरै खुशी र सन्तुष्ट देखिन्थे ।
फिल्ममा नकारात्मक भिमिका खेलेका जाङ्गबु शेर्पा अनि घरबेटीको भूमिकामा खेलेका र निर्माता समेत रहेका राजेश गुरुङ पनि यो फिल्मबाट सन्तुष्ट छन ।
चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, क्रिश थापा, ईशान ढकाल, प्रवेश उप्रेती, राजेश गुरुङ, नदिया लिबाङ स्मृति पोखरेल, जाङबु शेर्पा,प्रियंका एर पुष्कर बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ भने पटकथा संबाद लेखन क्यानडा निवासी सुरेन्द्र नकर्मिले गरेका छन् । क्यानाडा वासी इश्वर थापा ले सम्पादन तथा निर्देशन गरेका छन् ।
ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. का लागि चलचित्रको निर्मातामा राजेश गुरुङ, मञ्जु रानामगर, सम्झना उप्रेती रहेका छन् । चलचित्रका गीतमा ओम कर्माचार्य र बाबु बोगटीको संगीत रहेको छ । त्यसैगरी जगदिश समाल मगर, बाबु बोगटी, अन्जना गुरूंग, सविता स्रेष्ठ र मिलन अमात्यको स्वर रहेकोछ । डाईरेक्टर अफ सिनेमाटोग्राफिमा शम्भु मोक्तान रहेका छन् ।
रेड कार्पेट कार्यक्रमको बिभिन्न संचार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए ।