अमेरिकामा सक्रिय नेपाली संस्था नासोले नेपाली चाडहरु विजया दशमी तथा दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा सांगीतिक शुभकामना साँझ सम्पन्न गरेको छ । शुभकामना साँझ कार्यक्रम भब्य र सभ्य तरिकाले सम्पन्न भएको आयोजकले जनाएका छन् ।
नासोका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव पूर्णसिंह बराईलीले गर्नु भएको थियो ।
शुभकामना साँझमा राष्ट्रिय कलाकारहरु सिर्जना बिरही थापा, श्याम गुरुङ, राजन ठकुरी, रमेश परियार, अमृत रामदाम, प्रेम सेन्चुरी, कन्हैया सिंह, बसन्ती राई लगायतको लाईभ प्रस्तुति रहेको थियो ।
कार्यक्रममा नेप्लिज डायस्पोराका सतिश चापागाईंले खिच्नु भएका तस्बिरहरु प्रस्तुत छन् ।
आफ्नो तस्बिर कपि गर्न सक्नु हुनेछ ।
फोटो क्रेडिट: सतिश चापागाईं/ नेप्लिज डायस्पोरा भनेर उल्लेख गरिदिनु होला ।
\
प्रकाशित मिति :कार्तिक १८, २०७५ आइतवार -
१६:२४:२२ बजे