५, पौष २०७५
नेपालकै वरिष्ठ सेलो गीतकार गोपाल गोलेको शब्द र गायक बिरेन्द्र गुरुङको स्वर र संगीतमा नयाँ गीत ''ज्यानै दिन्छु'' को भिडियो सार्बजनिक गरिएको छ । नर्बु शेर्पाको संगीत संयोजन रहेको ''ज्यानै दिन्छु''को भिडियोमा हेरुका लामा र निरंजली लामा लाइ फिचर्ड गरिएको छ। अजय रेग्मीको छायांकन ,मनोज कार्कीको सम्पादन रहेको भिडियोलाइ दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् । मण्डली फिल्मले निर्माण गरेको ''ज्यानै दिन्छु'को म्युजिक भिडियोलाई शुक्रबार युटुव मार्फत हाइलाइट नेपालको युट्युब सार्वजनिक भएको हाे ।
कामको सिलसिलामा लामो समयदेखि बिदेशी भूमीमा रहेर पनि नेपाली गीत संगीतमा अनबरत लागेका गीतकार गोलेको धेरै गीतहरु यस अघि रुचाइएका छन । भने गायक गुरुङ पनि आधुनिक तथा सेलोगीतमा धादिंगकै कहलिएका गायक हुन् केहि महिना पहिला मात्र अमेरिका निवासी गीतकार सुरेश सेन सिम्खडाको शब्दमा 'हरेक साँझ ' ल्याएका गायक गुरुङको उक्त गीतलाई पनि दर्शक हरुले मन पराएका थिए ।
२०५७ मा पहिलो सांगीतिक एल्बम प्रित बजारमा ल्याएर औपचारिक रुपमा नेपाली सांगीतिक बजारमा छाएका बिरेन्द्रले त्यसपछि २०६२ मा रित र २०६४ मा गहन गरि ३ वटा एल्बमहरु ल्याइसकेका छन् तेश्रो एल्बम पछि बिभिन यूरोपियन देशहरु बेल्जियम ,पोर्तुगल ,फ्रान्स ,लगायतमा आफनो सांगीतिक यात्रा तय गरिसकेका बिरेन्द्र नेपालका चर्चित भिडियो निर्देशकहरु आलोक नेम्वांग ,बिजय लामासंग काम गरिसकेका छन् । तिन वटा सांगीतिक एल्बम र धेरै सिंगल गीत सहित करिब ४ दर्जन गीतहरु बजारमा ल्याइसकेका गायक गुरुङ छिट्टै नै पुन: यूरोपियन देशहरुमा सांगीतिक कन्सर्टको लागि जाने तयारीमा छन् । धादिङको कटुन्जे स्थायी घर भएका गुरुङ गीत संगीतको अलवा राजधानीमा २ वटा होटेलहरुको व्यवस्थापकको रुपमा पनि सक्रिय छन्
आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट आउने बिदेशी कामदारहरुले अनिवार्य भाषा र सिप परिक्षादिनुपर्ने छ । त्यसका लागि पनि तयारी भैरहेको सरकारी श्रोतलाई उधृत गर्दै एनएचके अनलाइनले लेखेको छ । भियतनाम, फिलिपिन्स सहित केही एशियाली देशमा प्राविधिक तथा शिप परिक्षा लिने आन्तरिक तयारी र योजना जापानले थालेको समाचारमा उल्लेख छ । समाचारमा जनाइएअनुसार जापानको सामाविक विमा (स्याकाइ होकेन) नतिरेका कम्पनिलाइ यो नयाँ स्किममा सामेल गराइने छैन ।
विभिन्न सरकारी सेवा, मेडिकल सेवा, आपद विपदका बेला दिइने सूचना, मोवाइल सेवा, लाइसेन्स लगायतका विदेशीहरुले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरुलाई समेत थप अद्यावधिक गरि विदेशीमैत्री बनाउने र जापानी बाहेक अन्य भाषामा समेत सेवा दिने तयारी जापान सरकारको छ ।
भिषा, सुरक्षा, ट्रफिक नियमका गाइडबुक हरु ११ भाषामा प्रकाशन गरिनेछ । जापानमै पढिरहेका विद्यार्थीहरुको हकमा यो आर्थिक बर्षबाट नै लागू हुनेगरि हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि मार्गप्रसस्त गर्ने निर्णय गरिएको छ । जसले सेन्मोन स्कुल सकेर पनि आफ्नै पढाईको क्षेत्रमा काम गर्न नपाउनेहरुका लागि पनि थप अवसर सिर्जना गर्नेछ ।
भिडियो हेर्नुहोस
https://www.youtube.com/watch?v=t-o2ulNkrxg&feature=share
प्रकाशित मिति :पौष ५, २०७५ बिहिवार -
०९:३६:१० बजे