Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

म हेर्दै छु (कविता ) -सागर तामाङ

म हेर्दै छु (कविता ) -सागर तामाङ

सतीश चापागाईं

११, पौष २०७५
images
हेर्दै छु म_ नतमस्तक भएर फैलिरहेको बिशाल आयतनको त्यो निलो आकाश _जहाँ उड्दैछन स्वतन्त्र भएर चराका युगल जोडीहरु _उड्दैछन क्षितिज चुम्दै बादलका लस्करहरु _ र आफैलाई प्रश्न गर्छु स्वतन्त्र भएर किन उड्दैनन मान्छेका विचार र दर्शनहरु ? आँफैसित मुस्कुराउँदै_ फुलिरहेका छन सुनगाभा र गुराँसहरु आँफैसित सुसाउँदै बगिरहेका छन खोला र नदीहरु कुनै गुनासो छैन मिलनको मिठो पर्खाइ बोकेर आफ्नै मौनतामा उभिरहेका छन दुई किनाराहरु सायद कहिल्यै नहोला किनाहरुको मिलन सायद कहिल्यै नआउला किनाराले एउटा गुराँस टिपेर अर्को किनाराको चुल्ठो सजाउँने पल। हेर्दै छु म_ ईश्वरले बसाइँ सरेका मन्दिरहरु जहाँ भगवान खोज्दैछन भक्त र पूजारीहरु _सडक छेउमा बसेर माँगिरहेका छन दुखीहरु हरेक दिन आफ्नै जीवनको अर्को एउटा अध्याय तर त्यै सडक भएर चिल्लो कारहरुमा सवार हुँदै बाँचिरहेका छन महँगा जीवनहरु आफ्नै सुखको कोलोनी । सबैलाई हेर्दैछु म_ दुइ छाक खाएर झुपडी सजिदै कतै मझेरीमा फुलिरहेका छन जीवनहरु आकाशको च्यादर ओढेर हरेक साँझ कतै सडकमा निदाइरहेका छन जीवनहरु हेर्दै छु म_ _खर्पनमा जिन्दगी बोकेर हरेक बिहान उदाउँछन परिश्रमी हातहरु _झोलामा जिन्दगी बोकेर हरेक दिन आफ्नै आयुको जहाज चढ्छन एक हुल युवाका जमातहरु सायद आफैलाई बेचिएर खोज्दैछन जीवनका सपनाहरु तर कतै सपनाहरु फर्किन्छन पोस्टमार्टमका बाकसहरुमा । हेर्दै छु म_ रोइरहेछ सगरमाथा रोइरहेछ त्यो बुद्धको शान्तिभुमी मौन बनेर उभिरहेका छन वीर पुर्खा र सहिदका सालिकहरु _मान्छेबाट अलग्गिएर बेवारीसे लास बन्दैछन मानवताहरु कोही मरेर बाँच्दै छन त कोही बाँचेर मर्दै छन । जब हेर्ने गर्छु मौन दर्शक बनेर आफ्नै परिवेशको दुनियाँ मनहरु आँखासम्मा दुखिदिन्छन र कहिलेकाही सम्हालिदैनन आँखाहरु माया लागेर आउँछ_ जब हेर्छु _मझेरीमा फुलेका जीवनका गुलाबहरु _किनारामा हिंडेका जीवनका डोबहरु र नियतिका सुनामीहरुसँग बग्दै जाने जीवनका अस्तित्वहरु।

images
प्रकाशित मिति :पौष ११, २०७५ बुधवार - २१:४४:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend