Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

रातो तिलक (अणुकथा- ९२) - लक्ष्मण देवकोटा

रातो तिलक (अणुकथा- ९२) - लक्ष्मण देवकोटा

सतीश चापागाईं

२०, माघ २०७५
images
  अंगारेबाट खोलैखोल उत्तर लागेपछि कट्टर शिवमार्गीहरूको गाउँ “शैवग्राम”आउंथ्यो. ग्रामवासीहरू सेतो तिलक लगाउँथे. बनारसबाट आचार्य पढेर आएका निलकन्ठ अचार्जे भने अर्कै निस्किए. उनले रातो तिलक लगाउन थाले. ६ भाइ छोरा थिए. घरमा नयाँ चलन बसाले. मिहिनेतका साथ खेति गर्ने. ऋण नखोज्ने. आफू जस्तै सामान्य परिवारमा सम्बन्ध राख्ने. छरछिमेकमा आपद विपद पर्दा सहयोग गर्ने, दलित असक्तहरुलाई निशुल्क गुरुकुल चलाउने ! निलकन्ठ छोराहरूलाई भन्थे, “अरू घोंडा चढे भनेर धुरी चढ्ने होइन.” .... १७ घोंडाको तबेला र नोकर राखेका शोभाखर महाजन निलकन्ठको गतिबिधि प्रति असन्तुष्ट थिए. उनले निलकन्ठका तीन भाइ छोरा उचालेर भांडभैलो निकाले. अंश बाँडेर छुट्टीभिन्न पार्ने शोभाखरको योजना थियो. ..... शोभाखरको योजना बुझेका हुमिनका भक्तनारणले शोभाखरलाई हकारे एकदिन. “अर्काको घर फोर्ने भंडुवा. धनि हुम भनेर जे पाई गर्न पाइन्छ ?” ...... मान्छेहरु त हुन्. गाउँतिर सुनिन थाल्यो. “भक्ते आफै तन्नम छ, महाजनसित जोरी खोजेर पहाडमा टाउको उधिन्यो.” “अर्काको घरमा के चासो ?” कोहि भन्छन्, “मिलेको घर बिगारेर सम्पति लुटेर निलकन्ठलाई एक्लाउने महाजन दुष्ट हो.” ....... चिबेचरो भक्तनारणको आगनको डीलमा बस्न थालेको छ हिजोआज. उ भन्छ, “महाजनको बिरुद्ध भक्ते बाको कुरो ठीक हो. समर्थन गरम्.” ३.२.२०१९

images
प्रकाशित मिति :माघ २०, २०७५ आइतवार - २१:३४:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend