Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

गोम बिक्रमका पाँच मुक्तक

गोम बिक्रमका पाँच मुक्तक

सतीश चापागाईं

२१, माघ २०७५
images
मुक्तक -१ मलाई पनि पत्तो देऊ न, बढेकाछन् चाहाहरु कारमा गुड्ने महल पुग्ने, बताइदेऊ न थाहाहरु सुरक्षित भई रहने, सम्मानित रहीरहने भलादमीका रुपमा देख्छु, आजभोलि फटाहाहरु । मुक्तक -२ आफू ठाउँमा नपुगुन्जेल, आदर्शका कुरा झिक्छन् पदमा पुगे तिकडमबाजी, अनेक जालझेल सिक्छन् राजनीतिको रसै यस्तो, सब्लाई पार्छ वशै कस्तो ? सिद्धान्तलाई मिल्काएर, निहित स्वार्थमा बिक्छन् । मुक्तक -३ तिम्रै हातमा डाडू पन्यू, जनता आशैमा बरा तिम्रा जहाँ, जसरी चुसी राख्ने, गजब छ परम्परा तिम्रा आफू र आफ्ना जोगाउने, अरुलाई सास्ती भोगाउने मुलुक उजाड भइसक्यो, उखेलूँ कसरी जरा तिम्रा ? मुक्तक -४ श्रृंङ्गार गर महँगा जति, सुन्दरतासितै दूरी भेटिन्छ भलादमीको खोल ओढ, बगलीभित्र छुरी भेटिन्छ सधै कति ढाँटिने हो र, भ्रमको डोरीमै बाटिने हो र ? नियाली हेर्दा जता पनि, प्रवृत्ति सधै अासुरी भेटिन्छ । मुक्तक -५ साना पनि ठूलिंदै गए, पोषिला पाई दानाहरु कोही कसैमा कमी छैन, अपनाउने तानाबानाहरु झ्याङ्गिनुसम्म झ्याङ्गिएसी, आफूआफैमा नाङ्गिएसी अचेल फूर्ति चर्कै देख्छु, पानीमाथिका ओभानाहरु ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा ।

images
प्रकाशित मिति :माघ २१, २०७५ सोमवार - ०९:१७:४९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend