Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

स्तब्ध मन (कविता) - मन गहिरे

स्तब्ध मन (कविता) - मन गहिरे

सतीश चापागाईं

२४, माघ २०७५
images
म आकाश हेर्दै थिएँ उ सागरको गहिराइ नाप्दै थियो म आफ्नो अटल दृढतामा अडिग थिएँ उ चन्चल मनोहराको पानी झैँ बग्दैथियो भान हुन्थ्यो, उ कतै उडेको या बेतुककको घोडा जस्तै दौडिरहेको, म म थिएँ, उ उ थियो उस्का अभावका तोप गोलाहरू म माथि वर्षिन्थे प्रहार हुन्थे म चटटान थिएँ उ पगाल्न खोज्दै थियो उ मेरो निर्भीकता हटाउने दावा गर्थ्यो म इज्जतकाे इन्द्रेणीमा रमाउन चाहन्थेँ तर उ यौनका उतकुण्ठाहरुमा रमाउन खोज्थ्यो ती जन्मौजन्म अनि पुनर्जन्मका प्रतिबिम्बहरू झल्किएका आशातित उसका आखाहरू सपनामै छलाङ मारिरहेछन् म विपनाको धरातल देखाउँछु उस्ले देखेका सपनाका बिस्कुनहरू सायद असरल्ल छन्, भताभुङ्ग समाजका ऐनाहरू म आदर्शको गान्धी बताउँछु उ हिटलर अनि नाजी बताउँछ त घरी घरी उ ढिपी कस्ने अबोधजस्तै उ आफ्नै प्रेमको इजलासमा मलाई ठड्याइरहन्छ त्यो बहसमा निस्तब्ध हुन्छु म हेर्दाहेर्दै तासैतासकाे ताजमहल गर्ल्याम्म ढलेको आभाष हुन्छ हेर्दाहेर्दै यो पागलपन बात उ झल्यास्स बिउतिएझै लाग्दैछ सायद अब उ कुनै नौलो संसार हेर्दैहोला फेरि आशातित ती रहरहरू समेटेर भोलिको भबिस्य खोज्दैहोला फेरि कुनै अनुहारमा ! तानसेन, पाल्पा

images
प्रकाशित मिति :माघ २४, २०७५ बिहिवार - १८:४७:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend