Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

विदेशीएको लोग्नेकी श्रीमती

विदेशीएको लोग्नेकी श्रीमती

सतीश चापागाईं

२६, श्रावण २०७५
images
बिहानीको मिर्मिरे उज्यालोमा आँखाका परेली उघार्दै तिमी जस्तै कयौँले पढेका छन् अखबारका पानाहरु राम्ररी नियालेर हाँस्छन् खितितितिती आज पनि विदेशीकी श्रीमती लोग्नेको पसिनाको झोला बोकेर पोईल गइरे हा हा हा हा हा आइमाईलाई टाउकोमा टेकाउनुको मत्लब देखेउनी जेठा बा रु अन्तरेको प्रश्न मलाई देखाएर ईशारा गर्दै हाँस्दैछ कोही उ यतै आई विदेशीकी श्रीमती दिनभरी गिटी कुटेर रातभरी जुठा भाडा माँझेकी मैले रंगिएका अखबारका पानाहरुबाट हिँड्ने बाटोभरी छताछुल्ल भई पोखिएका हो(हल्लाहरुबाट पतिको विश्वापस सँगै जीवनको अस्तिात्व पनि गुमाएकी छु साईली माईलीले रहर वा विवशताले सौभाग्य बेचेहोलान् च्याखुरीले आवेगमा पतिको घर भत्काई होली तर म र म जस्तै कयौँ नारीहरु विदेशीएका पतिको फोनको प्रतिक्षामा, रातभरी जागै बस्छौँ हजारौँपटक मनका वेदनाहरु तस्बिरसँग साट्दै ह्दयभरीको असिम प्रेमको सागरले तिनै तस्बिरलाई रुझाएका हुन्छौँ कयौँ रात भोकै सुत्नु का कथा सुनेर कहाँ आभाष हुन्छ र रु लेखक महोदय म विदेशीकी श्रीमती भएकै कारण म मा तुच्छ उपनामहरु जोडिनै पर्छ त रु आज तिम्रा रंगिन अखबारका पानाहरुमा म जस्ता निर्दोष अनुहारहरुका रंगहिन कथाहरु पनि कुनै कुनामा अटेका भए म थुकिन्नमथे होला देशबाट लखेटिन्ननथे होला समाजबाट म विदेशीकी श्रीमती तिम्रा अखबारमा कत्तिका कथामा कत्तिका गजलमा नमिठो आकारमा कलंकित ध्वनी निकाल्दै छापिएकी छु मलाई चिह्नोहरु मबाट तर्किन्छन् कुनै एकको गल्तिमा तिम्रा अवास्तविक तरङ्गहरुले यस्तो विगुल बजाय मेरा जस्तै हजारौँ आकृतीहरु कालो खण्डहरुमा परिणत भएका छन् युग अनुसार बदलिएका मनहरुलाई पतिको हातेमालोमा ममताको सागरमा फर्काउने सपना देखेकी थिए विश्वउको सप्तरङ्गी झण्डामुनि मिठो मुस्कान लिएर जिन्दगीका रंगहरु पोतेका अलौकिक कल्पनाहरुसँग जीवन भोग्दै आएकी म जीवनको दियो निभेझै लाग्छ के तिमी मेरा वास्तविकताका पहेलीहरुलाई नियालेर मेरा कथा तिम्रा अपूर्ण परिभाषाका पानाहरुको कुनै कुनामा अटाउन सक्छौ हुन त आजभोलि तिम्रा अक्षरहरु यौवनकालमै रोगी भइसकेका छन् तर अझै पनि समयको बहारमा दौडिन छोडेका छैनन् त्यसैले त तिम्रा अपरिपक्कउ शब्दहरुमा म अनुनय गर्दै आफ्नो बास्तविकता संसारलाई देखाउन चाहन्छु ता कि म बाँचेको समाजले मलाई स्वीकार गरोस गिज्याईरहेको मेरो देशले मेरो गरिमा जोगाओस हरपल मलाई नियालीरहेको विश्वबले म प्रतिको दृष्टिकोण परिवर्तन गरोस म एक आदर्श नारीको रुपमा एक आदर्श विदेशी कि पत्निरको रुपमा बाँच्न चाहन्छु महोदय मेरो अपमानको हिस्सा मेटाउन मेरो कालचक्र समेटी कुनै कुना रङ्ग्याइदिनोस ता कि म टुटेको कालचक्र सुल्झाउन सकुँ ।। राधिका आचार्य – खोटाङ, हाल काठमाडौँ । (यो कविता हामीले देशसंचार डटकमबाट लिएका हौँ -सम्पादक ।)

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - १४:२५:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend