Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

पाँच प्रेमील मुक्तकहरु

पाँच प्रेमील मुक्तकहरु

सतीश चापागाईं

३, फाल्गुण २०७५
images
मुक्तक-१ तिम्रा पछि धाउनेहरु, अचेल अलि लर्कै लाग्छ नजर हुन्न हामीतिर, भाउ बढेर चर्कै लाग्छ फलेको हाँगो नुहिन्छ रे, फर्सी पाके कुहिन्छ रे बच्छौ कसरी आरोप त, मानौं दुनियाँभर्कै लाग्छ । मुक्तक-२ थाहै नपाई आफ्नै मुटु, अनायासै चोरिँदो रैछ शान्त निर्मल मन पनि, उनकै यादमा घोरिँदो रैछ कस्तो रोग हो पिरतीको, कसैगरी हुन्न निको आफ्नै‌ बशमा छैन मन, पाइला उतै डोरिँदो रैछ । मुक्तक-३ तिम्रो यादले सताएर, रात अनिंदो पारी सक्यो एक्लै जिउने सम्भावना, पापी मनले मारी सक्यो तिमी भने होइन भन्छौ, सबका सामु मौन बन्छौ मौनताकै भाषा पनि, हृदयले स्वीकारी सक्यो । मुक्तक-४ अरुको सुख देख्दाखेरि, जस्लाई पनि आहा ! हुन्छ जीवन सुखी तुल्याउने, सबैको उस्तै चाहा हुन्छ योजनासित चल्नुपर्यो, लक्ष्यको फल फल्नु पर्यो कल्पिँदै दु:खमा तर्सिनेले, भोगी हेर न थाहा हुन्छ । मुक्तक-५ मयुर झैं ढलढल, जोवन ढल्काई गयौ तिमी नभए नि बनाएर, शत्रु पल्काई गयौ तिमी एक्लै पनि रमाउँदै थिएँ, मुटु पत्थर बनाउँदै थिएँ शान्त शितल जिन्दगीमा, आगो सल्काई गयौ तिमी । ✍ गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७५ फागुन २

images
प्रकाशित मिति :फाल्गुण ३, २०७५ शुक्रवार - १८:२७:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend