Logo

बुधवार, श्रावण २७ गते २०८३   |   2026 August 12

images

images

देश खोजिरहेछु -बिकु लामा

देश खोजिरहेछु -बिकु लामा

सतीश चापागाईं

२७, श्रावण २०७५
images
गौंथलीका बच्चाहरू गुँड छाडेर कतै अस्थायी बसाइँ सरेका छन गुँड छाडनु अघि चराले पनि मन दुखाउँदो रहेछ । जस्तो कि आँखाबाट सपना हराउँनु मनबाट समवेदना हराउँनु गीतबाट लय हराउनु शायद लाग्दो हो मलाई जस्तै जुन र घामको झैं दुरीको आभास देशछाडी जानेहरूलाई अब ऊ देशको नक्साबाट ओझेल पर्दैजान्छ । यो सपनाको शहर मेरो घर जस्तो लाग्दैन मलाई घरवार बिहिन भएकोछु म तिम्रो देशमा तिम्रो गगनचुम्वी महलहरूको देश तिम्रो समुन्द्र नै समुन्द्रको देश मलाई कहिल्यै छुदैनन यी कृत्रिम सौन्दर्यताले हो यतिबेला म मेरै देशको सगरमाथा सम्झेर रोइरहेकोछु । तिम्रो आधुनिक शहरमा कहिल्यै फुल्दैनन लाली गुँरास कहिल्यै उड्दैनन शान्तिका परेवा कहिल्यै बज्दैन सदभावको गीत । एउटा सपना पुरा गर्न पनि हजारौ सपनाहरूको विनिमय गर्नुपर्छ यहाँ तिम्रो देशमा त पत्थर जस्ता मान्छेहरू मेरा पीडामाथी अट्टाहस गर्छन् कागजका फुल जस्तै मान्छेहरू । ( बिकु लामा, बिगत लामो समयदेखि अमेरिकालाई आफ्नो कर्म स्थान बनाउदै आउनु भएका नेपाली साहित्य र समाज सेवामा क्रियाशिल ब्यक्तित्व हुनुन्छ ।नेपालको काभ्रेपलान्चोक जिल्लामा पीता लाल लामा तमाङ्ग र माता मेह्नदो तमाङ्ग कोखबाट इस्वी संवत् 1973 सेटेम्बर 22 मा पैदा हुनु भएका बिकु लामा सोसोलोजी र राजनीति सास्त्रमा स्नातकोत्तर हुनुन्छ । साहित्यका सबै बिधाहरुमा लगाव राख्ने भएपनि बिशेषत: कविता साहित्यमा कवि बिकु लामाको विशेष मोह देखिन्छ । यही मोहकै परिणाम स्वरुप आएका हुन् कविता सङग्रहरु मृत्यु बिर्सनेहरु र सपनाको ट्रान्जिट ।सपनाको ट्रान्जिट कवि बिकु लामाको पछिल्लो साहित्यिक कृतिपनि हो ,जो अहिले साहित्यको बजारमा विशेष चर्चामा छ । यी कविता सङ्ग्रह बाहेक उहाँकाे कलम नियात्रा लेखनमा पनि चलेको देखिन्छ । यसकै परिणामत: नियात्रा उपन्यास 'सोइनम' प्रकाशित छ । -सम्पादक )

images
प्रकाशित मिति :श्रावण २७, २०७५ आइतवार - १२:०९:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend