शुक्रबार, २९ कार्तिक २०७६
Fri, 2019-11-15
Open Nav

कुमार पन्तको विशिष्ट आतिथ्यतामा एनआरएनए साउदी अरबको अधिबेशन, अध्यक्षमा तेज थापा निर्बिरोध

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
२० भाद्र २०७६, शुक्रबार कुमार पन्तको विशिष्ट आतिथ्यतामा एनआरएनए साउदी अरबको अधिबेशन, अध्यक्षमा तेज थापा निर्बिरोध
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

-अनिल आचार्य

साउदी अरब

गैरआवासीय नेपाली संघ साउदी अरबको सातौ रास्ट्रिय महाधिवेशन साउदी अरबको पुर्बी प्रान्तस्थित अलख्याम अडिटरिएम हलमा भब्य तथा सभ्य रुपमा सम्पन्न भयो ।

सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा तेज थापा निर्विरोध चयन भएका छन् । साथै बरिस्ठ उपाध्यक्षमा ध्रुब रिजाल, उपाध्यक्षहरुमा बिशाल श्रेष्ठ, भोला पौडेल, रोशन श्रेष्ठ, महासचिवमा उमेश भट्टराई, कोषाध्यक्षमा सन्तोष लुइँटेल, सह-कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, युवा संयोजक राज कुमार श्रेष्ठ, महिला संयोजक रबिना अर्याल चयन भएका छन् । यसैगरी सदस्यहरुमा चन्द्रमणि भण्डारी, बिष्णु न्यौपाने, बालकृष्ण पंगेनी, राम बहादुर क्षेत्री, सत्यनारायण के,सि, नरेन्द्र बहादुर कार्की, बिष्णु प्रसाद पोख्रेल चयन भएका छन ।

साउदि अरबको पुर्वी प्रान्त दम्माम स्थित अलख्याम अडिटरिएम हलमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास रियादका महामहिम राजदूत प्रा. डा. महेन्द्र प्रसाद राजपुत प्रमुख अतिथि तथा नियोग उपप्रमुख दिलिप कुमार पौडेलका साथै श्रम सहचारी अम्बिका प्रसाद अधिकारी तथा नेपाली दूतावास साउदी स्थित पुर्बी क्षेत्रका कर्मचारी हरि घिमिरेको उपस्थिति रहेको थियो ।

गैर आवासीय नेपाली संघका बर्तमान उपाध्यक्ष कुमार पन्त विशिष्ट अतिथि रहनुभएको थियो । त्यसैगरि कार्यक्रममा एनआरएनए आइसिसी मानार्थ सदस्य राजु सैयद, आइसिसी मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम, आइसिसी सदस्य तथा बैदेशिक रोजगार आप्रवासी कामदार कल्याण कोष मध्यपुर्व सहसंयोजक जोन अर्याल, आइसिसी पुर्ब सदस्य तथा निर्बाचन कमिटि सदस्य रमेश भण्डारी, एनआरएनए साउदीका सस्थापक सदस्य बिरेन्द्र कुमार चौधरी, ओम घले, बिमल गौतम, लगायत एनआरएनए साउदीका संरक्षक पुरुषोत्तमदास श्रेष्ठको सहभागिता थियो ।

उमेश भट्टराई, धुर्ब रिजाल, तथा नरेन्द्र बहादुर कार्कीद्वारा संचालित सातौ महाधिबेशन कार्यक्रमलाइ निवर्तमान अध्यक्ष नारायण पासवानले सभापतित्व गरेका थिए ।

प्रमुख अतिथिको सु-स्वागत कार्यक्रमबाट कार्येक्रम उद्घाटन गरिएको थियो भने कार्यक्रमको बीच-बीचमा सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

यो पनि पढ्नुहोस :   साउदी अरबमा ३७अौं मगर एकता दिवस सम्पन्न

कार्यक्रममा एनए मिडिया, नेप्लिज डायस्पोरा, डीसी गल्फ, सैलुङ्ग अनलाइन, लगायत अन्य मिडीयाकर्मिको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य