शनिबार, १० फागुन २०७६
Sat, 2020-02-22
Open Nav

एनआरएनए साउदीको आइसीसी सदस्यमा नारायण पासवान चयन, प्रतिद्वन्दीको मत शुन्य

२७ भाद्र २०७६, शुक्रबार एनआरएनए साउदीको आइसीसी सदस्यमा नारायण पासवान चयन, प्रतिद्वन्दीको मत शुन्य

 

अनिल आचार्य

साउदी अरब

गैरआवासीय नेपाली संघ (एनआरएनए)को साउदी अरबबाट एक मात्र आइसीसी सदस्य पदकालागि रियादस्थित नेपाली राजदुतावासको प्रांगणमा आज भएको चुनाबमा पुर्ब अध्यक्ष नारायण पासवान चुनिनु भएको छ ।

कुल खसेको १३६ मत मध्य ११८ उहाको पक्षमा खसेको थियो भने १८ मत बदर भएको थियो । उहाकी प्रतिद्वन्दी पुर्ब उपाध्यक्ष उषा केसीको पक्षमा भने एउटा पनि मत खसेको थिएन र उहा चुनाबी प्रक्रियामा अनूपस्थित रहनु भएको थियो ।

एनआरएनए साउदीको बिधान अनुसार प्रत्यक्ष उपस्थिति हुन नसक्ने मतदाताहरुको हकमा भने एसएमएस भोटिंग ब्यबस्था अनुसार, प्रतक्ष्य तर्फ ८१ मत खसेको थियो भने एसएमएस प्रणालीबाट ५५ मत प्राप्त भएको थियो । यसका साथै साउदी अरबमा एनआरएनएको चुनाबी सरगर्मी आजबाट समाप्त भएको छ भने साउदीबाट आइसीसी डेलिगेटसको रुपमा को-को जाने भन्ने बहस सुरु भएको छ ।

त्यसो त बितेका कार्यकालमा साउदी अरबलाई आइसीसीले त्यति महत्व दिएको देखिदैन तैपनि यसपटकको एनआरएनए साउदी अरबको रास्ट्रिय महाधिबेसनमा आइसीसीका बर्तमान उपाध्यक्ष तथा आउदो आइसीसी २०१९-२०२१ कार्यकालकालागि अध्यक्ष पदका उम्मेदवार कुमार पन्तको उपस्थितिले नै साउदी अरब पनि आउदो माहाधिबेशनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने बिस्व-समुदायलाई आभाष गराइसकेको छ ।

यसपटकको आइसीसी २०१९-२०२१ कार्यकालकालागि साउदी अरबले पनि मध्यपुर्ब उप-संयोजकमा आफ्नो दाबेदारी पेश गरिसकेको छ ।

तस्बीरहरु: शुक्र मोक्तान

 

 

यो पनि पढ्नुहोस :   मलेसियामा साथीको शवसँग ७ घण्टा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य