बुधबार, ०४ मङि्सर २०७६
Wed, 2019-11-20
Open Nav

राजेन्द्र (जोन) अर्यालद्वारा एनआरएनए मध्य-पुर्ब उप-संयोजकमा उम्मेदवारी घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
४ आश्विन २०७६, शनिबार राजेन्द्र (जोन) अर्यालद्वारा एनआरएनए मध्य-पुर्ब उप-संयोजकमा उम्मेदवारी घोषणा
Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनिल आचार्य –

साउदी अरब

गैरआवासीय नेपाली संघको (एनआरएनए) २०१९-२०२१ कार्यकालका लागि मध्यपुर्ब उप-संयोजकका लागि वर्तमान आइसीसी सदस्य राजेन्द्र (जोन) अर्यालले आफ्नो औपचारिक उम्मेद्वारी घोषणा गरेका छन् ।

हिजो साझ साउदी अरबको पुर्बी प्रान्तस्थित दमामको अलख्याम अडिटरिएम हलमा आयोजना गरिएको कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् ।२०१९-२०२१ कार्यकालका लागि “सुरक्षित, मर्यादित वैदेशीक रोजगार र श्रम मैत्री अभियान हाम्रो सरोकार” भन्ने मुल नाराका साथ अगामी एनआरएनए आईसीसीको २०१९-२०२१ कार्यकालको लागी मध्यपूर्व उप-संयोजकमा आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।

उक्त उम्मेद्वारी घोषणा कार्यक्रममा एनआरएनए आइसीसी मध्य पुर्ब महिला संयोजक श्रीमती यास्मीन सैयद बेगम, आइसीसी २०१९- २०२१ को सदस्यमा भर्खरै चुनिनु भएका नारायण पासवान, साउदी अरबस्थित नेपाली राजदुतावास पुर्बी क्षेत्रका कर्मचारी हरि घिमिरे, एनआरएनए साउदीका सस्थापक सदस्य बिरेन्द्र कुमार चौधरी, ओम घले लगायत एनआरएनए साउदीका संरक्षक पुरुषोत्तमदास श्रेष्ठ, साउदी एनआरएनएका बर्तमान अध्यक्ष तेज थापा, सल्लाहकार डम्बर यादब लगायत बरिस्ठ समाजसेबी तुलसी गुरुङ्का साथै अन्य संघ सस्थाका ब्यक्तिहरु सहित थुप्रैको सहभागिता रहेको थियो ।

उमेश भट्टराई, तथा शुक्र मोक्तानद्वारा संचालित उम्मेदवारी घोसना सभा कार्यक्रममा उपस्थित सबै प्रमुख अतिथिहरुको स्वागत मन्तब्यका लागि समय मिलाइएको थियो भने कार्यक्रममा नेप्लिज डायस्पोरा र एनए मिडिया लगायत अन्य मिडीयाकर्मिको पनि सहभागिता रहेको थियो ।

 

 

यो पनि पढ्नुहोस :   विदेश ओहोरदोहोर गर्दागर्दै बेहाल भो गोपाल दर्जीको जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य