Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गजल - प्रकृति प्रेमी

गजल - प्रकृति प्रेमी

सतीश चापागाईं

१२, आश्विन २०७६
images
  (बहरे मुजारे मफाईलुन-फाइलातुन्-मफाईलुन्-फाइलातुन् १२२२-२१२२-१२२२-२१२२) नयाँ साथी भेट्न पाएँ यो दिल मेरो रम्न थाल्यो... यता चोखो प्रीति लाएँ यो दिल मेरो रम्न थाल्यो !१! पुरानो त्यो दु:ख बिर्सी खुशी छर्दै सम्झनाका... अझै तिम्रै गीत गाएँ यो दिल मेरो रम्न थाल्यो !२! म होलीमा रङ्ग छर्दै, सुरा प्युँदै मख्ख पर्दै... सधै तिम्रो छेऊ धाएँ यो दिल मेरो रम्न थाल्यो !३! सहारा खोज्दै हिँडेको म भेट्दा यौटी बिहानी... उनैको माया कमाएँ यो दिल मेरो रम्न थाल्यो !४! इशारा तिम्रो बुझेरै सधैं प्रेमील जिन्दगीको... यी सारा यौवन लुटाएँ यो दिल मेरो रम्न थाल्यो !५! - कलाकुञ्ज,चितवन नेपाल । 9861982933 (प्रकृति प्रेमीको यो गजल साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - ०६:३३:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend